पूर्वसचिव भीम प्रसाद उपाध्यायविरुद्ध मेडिकल काउन्सिलद्वारा साइबर ब्युरोमा उजुरी दर्ता

  • Technology Khabar | १८ असार २०८३, बिहीबार
पूर्वसचिव भीम प्रसाद उपाध्यायविरुद्ध मेडिकल काउन्सिलद्वारा साइबर ब्युरोमा उजुरी दर्ता

काठमाडौं ।

पूर्वसचिव भीम प्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरिएको छ। नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने र भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाउँदै बुधबार उजुरी दिएको हो।

काउन्सिलका अनुसार नेपाल सरकारका पूर्वसचिव उपाध्यायले आफ्नो प्रमाणित फेसबुक अकाउन्टमार्फत असार १६ गते निमित्त रजिस्ट्रारको तस्बिर प्रयोग गरी आपत्तिजनक सामग्री सार्वजनिक गरेका थिए।

उक्त पोस्टमा काउन्सिलका पदाधिकारीहरूलाई लक्षित गर्दै गालीगलौज र भ्रामक आरोप लगाइएको दाबी गरिएको छ।

काउन्सिलले प्रमाणस्वरूप सामाजिक सञ्जालमा गरिएको पोस्टका स्क्रिनसटसहित साइबर ब्युरोमा उजुरी दर्ता गराएको जनाएको छ।

प्रकाशित: १८ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...