डीजीओ हिमालयन स्पोर्ट्सले ल्याए मेस्सीको हस्ताक्षरित जर्सीसहित आकर्षक उपहारहरू जित्ने सुनौलो मौका

  • Technology Khabar | १४ असार २०८३, आईतवार
डीजीओ हिमालयन स्पोर्ट्सले ल्याए मेस्सीको हस्ताक्षरित जर्सीसहित आकर्षक उपहारहरू जित्ने सुनौलो मौका

काठमाडौं ।

फुटबलका जादुगर लियोनेल मेस्सीको जन्मदिनको विशेष अवसर पारेर डीजीओ र हिमालयन स्पोर्ट्सले फुटबल फ्यानहरूका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो र आकर्षक उपहार योजना सार्वजनिक गरेका छन्।

अनधिकृत तथा पाइरेटेड स्ट्रिमिङ प्लेटफर्महरूलाई निरुत्साहित गर्दै दर्शकहरूलाई आधिकारिक च्यानलबाट फिफा विश्वकप २०२६ को उत्कृष्ट अनुभव दिलाउन “फाइनल_ फिफा वर्ल्ड कप २०२६ अल्टिमेट सब्सक्राइबर्स गिभअवे ” अभियान सञ्चालन गरिएको हो कम्पनीको भनाइ छ।

यस अभियान अन्तर्गत डीजीओ एपमार्फत सिधै ‘सिजन पास’ वा ‘मोबाइल पास’ खरिद गर्ने ग्राहकहरूले लियोनेल मेस्सीद्वारा हस्ताक्षरित अर्जेन्टिनाको आधिकारिक जर्सी लगायतका बम्पर उपहारहरू जित्न सक्नेछन्।

मुख्य आकर्षण र उपहारहरूको विवरण

विश्वकपको उत्साहलाई हरेक चरणमा बढाउनका लागि दुवै पास (सिजन र मोबाइल) खरिदकर्ताहरूलाई समेट्ने गरी बहु-स्तरीय पुरस्कारको व्यवस्था गरिएको छ:

सिजन पास विजेताहरूका लागि लियोनेल मेस्सीको हस्ताक्षरित जर्सी (विशेष गरी सेमिफाइनलको रोमाञ्चक चरणमा उपलब्ध गराइने)

  • क्रिस्टियानो रोनाल्डोको हस्ताक्षरित पोर्चुगलको आधिकारिक जर्सी
  • नेयमारको हस्ताक्षरित ब्राजिलको आधिकारिक जर्सी
  • भियतनाम टुर प्याकेज (विजेता जोडीका लागि)
  • ५५” स्मार्ट टिभी
  • मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाई (जोडीका लागि)

    मोबाइल पास विजेताहरूका लागि

  • भियतनाम टुर प्याकेज (विजेता जोडीका लागि)
  • ५५” स्मार्ट टिभी४३” स्मार्ट टिभी
  • स्मार्टफोनसहभागिताका लागि मुख्य सर्तहरूकम्पनीका अनुसार गिभअवेमा सहभागी हुन ग्राहकहरूले निम्न ३ वटा सरल प्रक्रिया पूरा गर्नुपर्नेछ:

    १. डीजीओ एप डाउनलोड गरी आफ्नो अकाउन्ट रजिस्टर गर्ने।

    २. डीजीओ एपबाट सिधै फिफा विश्वकप २०२६ हेर्नका लागि सिजन पास वा मोबाइल पास खरिद गर्ने।

    ३. डीजीओ को आधिकारिक सामाजिक सञ्जाल खाताहरू (फेसबुक, इन्स्टाग्राम र टिकटक) फलो गर्ने।

    नियम तथा योग्यता:

    • यो अभियान २१ जुन २०२६ देखि १५ जुलाई २०२६ सम्म लागू हुनेछ।
    • अभियानमा केवल नेपालभित्र बसोबास गर्ने सक्रिय डीजीओ प्रयोगकर्ताहरू मात्र योग्य हुनेछन्।
    • आयोजक कम्पनीका कर्मचारी, एजेन्ट, परामर्शदाता र तिनका परिवारका सदस्यहरू यस खेलमा सहभागी हुन पाउने छैनन्।
    • विजेताहरूको छनोट र प्रमाणीकरण डीजीओ को आन्तरिक टोलीद्वारा निष्पक्ष रूपमा गरिनेछ र पुरस्कारलाई नगद वा अन्य सामानसँग साट्न पाइने छैन।

प्रकाशित: १४ असार २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार