काठमाडौं ।
नेपाल टेलिकमले अन्तर्राष्ट्रिय आईपीएलसी (इन्टरनेसनल प्राइभेट लिज्ड सर्किट) सेवा प्रदायकको सिंगापुरस्थित फाइबर केबलमा आएको प्राविधिक समस्याका कारण अन्तर्राष्ट्रिय भ्वाइस सेवामा अवरोध उत्पन्न भएको जनाएको छ।
कम्पनीले आज एउटा सूचना जारी गर्दै उक्त समस्याका कारण अन्तर्राष्ट्रिय भ्वाइस सेवाग्राहीहरूमा केही असुविधा पर्न गएकोप्रति क्षमायाचना गरेको छ।
टेलिकमका अनुसार सम्बन्धित अन्तर्राष्ट्रिय निकायसँग समन्वय गरी अन्तर्राष्ट्रिय सेवा यथाशीघ्र सुचारु गर्न आवश्यक कार्य तीव्र रूपमा अघि बढाइएको छ।

सेवा अवरुद्ध भएको समस्याको समाधानका लागि प्राविधिक टोलीहरू आवश्यक समन्वय र मर्मत कार्यमा जुटिरहेको कम्पनीले जनाएको छ।
प्रकाशित: १२ असार २०८३, शुक्रबार