ग्यालेक्सी वाच अल्ट्रा २ रेन्डरहरूको अर्को ब्याच बाहिरियो

  • Technology Khabar | ११ असार २०८३, बिहीबार
ग्यालेक्सी वाच अल्ट्रा २ रेन्डरहरूको अर्को ब्याच बाहिरियो
सामसङ ग्यालेक्सी वाच अल्ट्रा २ को रेन्डर (स्रोतस् इभान ब्लास) फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

पछिल्ला केही दिनहरू आगामी सामसङ ग्यालेक्सी वाच अल्ट्रा २ को लीकहरु देखा परिरहेका छन्। इभान ब्लासले अब ग्यालेक्सी वाच अल्ट्रा २ को आधिकारिक देखिने रेन्डरहरूको नयाँ ब्याच साझा गरेका छन्।

हाल लीक भएका तस्बिरहरूले अघिल्ला रिपोर्टहरूसँग मिल्दोजुल्दो परिचित डिजाइन देखाएका छन्। वाच अल्ट्रा २ को धेरैजसो भाग आफ्नो पूर्ववर्तीको जस्तै देखि तापनि वाच अल्ट्रा २ मा थोरै पातलो डिस्प्ले किनारा र नयाँ किनारा मार्करहरू देख्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

डिभाइसको पछाडिको भाग ४७ एमएम आकारमा आउने र सफायर क्रिस्टल डिस्प्ले सुरक्षाका साथै एलटीई कनेक्टिभिटी, जीपीएस पोजिसनिङ र १० एटीएम वाटरप्रूफिङ सुविधा हुनेछ। अघिल्ला रिपोर्टहरूका अनुसार वाच अल्ट्रा २ ले ८०० एमएएच ब्याट्रीको साथमा ब्याट्रीमा उल्लेखनीय वृद्धि पाउने अपेक्षा गरिएको छ।

ग्यालेक्सी वाच अल्ट्रा २ अर्को महिना ग्यालेक्सी अनप्याक्डमा ग्यालेक्सी वाच९, ग्यालेक्सी ग्लासेस, फोल्ड८ र फ्लिप८ सँगसँगै लन्च हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ११ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...