सामसङ ग्यालेक्सी वाच९ रेन्डरहरू लीक, वाच अल्ट्रा २ को बारेमा थप विवरणहरू पनि खुलासा

  • Technology Khabar | ११ असार २०८३, बिहीबार
सामसङ ग्यालेक्सी वाच९ रेन्डरहरू लीक, वाच अल्ट्रा २ को बारेमा थप विवरणहरू पनि खुलासा
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

हालै सामसङको आगामी ग्यालेक्सी वाच९ र ग्यालेक्सी वाच अल्ट्रा २ को बारेमा केही विवरणहरू खुलासा भएका थिए। अब तिनीहरूको बारेमा अझ बढी जानकारीको साथ एउटा नयाँ लीक देखा परेको छ। साथै, वाच९ को सीएडी–आधारित रेन्डरहरू तीन रङ्गहरूमा देखा परेको छन्।

ग्यालेक्सी वाच९ ब्लुटुथ–वन्लि र एलटीई विकल्पहरूसहित कथित रूपमा ४०एमएम र ४४एमएम गरी दुई आकारहरूमा आउनेछन्। सानो मोडेल क्रिम र ग्रेफाइट रङ्गहरूमा उपलब्ध हुनेछ भने ठूलो मोडेल ग्रेफाइट र सिल्भरमा रङ्गहरूमा आउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

अर्कोतर्फ, ग्यालेक्सी वाच अल्ट्रा २ स्पष्ट रूपमा एलटीई समर्थनको साथ टाइटेनियम ग्रे र टाइटेनियम सिल्भर गरी दुई रङ्गहरूमा आउनेछ। त्यसैले डिभाइसमा टाइटेनियम केस हुने अपेक्षा गरिएको छ।

अघिल्लो जानकारी अनुसार, ग्यालेक्सी वाच अल्ट्रा २ मा ८०० एमएएच ब्याट्री हुनेछ भने ४०एमएम ग्यालेक्सी वाच९ मा ४०० एमएएच ब्याट्री समावेश गरिनेछ। दुबै स्मार्टवाच अर्को महिना लन्डनमा हुने सामसङको अनप्याक्ड कार्यक्रममा अनावरण गरिनेछ।

प्रकाशित: ११ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...