‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज

  • Technology Khabar | २७ जेष्ठ २०८३, बुधबार
‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज

काठमाडौं ।

राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको अवस्था विश्लेषण गर्न सहज भएको छ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले यहाँ राखिएको मेसिनले पालिकाभित्रको वातावरण प्रदूषणको अवस्था थाहा हुने भएकाले वातावरण संरक्षण, वृक्षरोपण, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्यसम्बन्धी योजना बनाउन सहज भएको बताए।

उक्त यन्त्रले २४ घण्टा नै वातावरणको निगरानी गर्ने गरेको छ। “हाल पालिकाभित्र उद्योग, सवारीसाधन र अन्य स्रोतबाट हुने प्रदूषणको अवस्था कस्तो छ भन्ने कुरा यही यन्त्रले पत्ता लगाउँछ, जसले प्रदूषण नियन्त्रणका काम गनए सहज भएको छ”, उनले भने।

दुई वर्षअघि यहाँ स्टेशन स्थापना गरिएको हो। सङ्घीय सरकारले करिब रु एक करोड मूल्यको मेसिन जडान गरेको छ।-रासस

प्रकाशित: २७ जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार