एप्पलको सबैभन्दा उन्नत अन–डिभाइस एआई सुविधाहरूले केही निश्चित डिभाइसहरूमा मात्र काम गर्ने

  • Technology Khabar | २६ जेष्ठ २०८३, मंगलवार
एप्पलको सबैभन्दा उन्नत अन–डिभाइस एआई सुविधाहरूले केही निश्चित डिभाइसहरूमा मात्र काम गर्ने

काठमाडौं ।

एप्पलले डब्ल्यूडब्ल्यूडीसी २०२६ मा उन्नत सिरी एआईसँगै धेरै नयाँ एप्पल इन्टेलिजेन्स सुविधाहरू प्रस्तुत गरेको छ। तर, कम्पनीको सबैभन्दा शक्तिशाली अन–डिभाइस एआई मोडेल र त्यसले सक्षम पार्ने धेरै सुविधाहरू केही निश्चित डिभाइसहरूमा मात्र उपलब्ध हुने भएको छ।

एप्पलले प्रेस विज्ञप्तिमा आफ्नो सबैभन्दा उन्नत अन–डिभाइस एआई मोडेललाई कम्तिमा १२जीबी एकीकृत मेमोरी चाहिने पुष्टि गरेको छ। यो मोडेलले धेरै नयाँ एप्पल इन्टेलिजेन्स क्षमताहरूलाई शक्ति दिने बताइएको छ र त्यसमा सिरी एआई सुविधाहरू जस्तै थप एक्सप्रेसिभ भ्वाइस र इनह्यान्स डिक्टेसन समावेश रहेको उल्लेख गरिएको छ।

आईफोनको सन्दर्भमा आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स र आईफोन एयरमा समर्थन सीमित गरिएको छ भने ती सबै डिभाइसहरु १२जीबी एकीकृत मेमोरीले सुसज्जित रहेका छन्। तर ८जीबी र्यामसँग आउने स्ट्याण्डर्ड आईफोन १७ ले भने आवश्यकता पूरा नगरेको हुनाले यी सुविधाहरूलाई समर्थन नगर्ने बताइएको छ।

आईप्याड प्रयोगकर्ताहरूका लागि, नयाँ एआई क्षमताहरू एम४ चिपद्वारा संचालित वा कम्तिमा १२जीबी एकीकृत मेमोरी भएका नयाँ मोडेलहरूमा उपलब्ध हुनेछन्।

म्याकमा, समर्थन एम३ चिप वा सोभन्दा पछिको र १२जीबी र्याम वा सोभन्दा बढी भएका डिभाइसहरूमा विस्तार हुने उल्लेख गरिएको छ। साथै, एम५ भएको एप्पल भिजन प्रोले उन्नत एआई सुविधाहरूलाई समर्थन गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २६ जेष्ठ २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Innovation Campus graduates coding students, launches AI programme in Nepal

  • Technology Khabar
  • २६ जेष्ठ २०८३, मंगलवार

DipArtha hosts interaction program

  • २६ जेष्ठ २०८३, मंगलवार

India’s electric scooter brand Ampere officially launches in Malangwa

  • २६ जेष्ठ २०८३, मंगलवार

Technical problems on new passport system will be solved gradually: Foreign Ministry

  • २६ जेष्ठ २०८३, मंगलवार

Two hundred thousand online betting apps closed

  • २६ जेष्ठ २०८३, मंगलवार