राउटर र मोडेम कति पटक रिस्टार्ट गर्नुपर्छ?

  • Technology Khabar | २५ जेष्ठ २०८३, सोमबार
राउटर र मोडेम कति पटक रिस्टार्ट गर्नुपर्छ?
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

राउटर र मोडेम रिस्टार्ट गर्दा धेरै वाई–फाई वा इन्टरनेट जडान समस्याहरू समाधान गर्न सक्छ। त्यसैले वेबसाइटहरू नखुलेको अवस्थमा वा भिडियोहरू निरन्तर बफर हुँदा गर्नुपर्ने पहिलो प्रयास भनेको आफ्नो राउटर र मोडेम रिस्टार्ट गर्नु हो।

रिस्टार्टले साधारण डिभाइस रिबुट जस्तै काम गर्दछ भने राउटर र मोडेमको सफ्टवेयर बन्द भएर फेरि सुरु हुने टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रयोगकर्ताले आफ्नो मोडेम रिस्टार्ट गरेपछि, यो प्रयोगकर्ताको इन्टरनेट सेवा प्रदायक (आईएसपी) मा पुनः जडान हुन्छ। केही राउटरहरू, विशेष गरी पुरानाहरू राउटरहरू भने समयसँगै ढिलो हुन सक्छन् र क्विक रिस्टार्ट (द्रुत पुनः सुरु) ले प्रायः यो समस्यालाई समाधान गर्दछ।

त्यसैगरी यो समस्याको लागि “रिसेट” (फ्याक्ट्री रिसेट) गर्नु पर्ने आवश्यकता नभएको उल्लेख गरिएको छ। किनभने रिसेट गर्नाले सबै सेटिङहरू मेटाउँछ र डिभाइसलाई त्यसको मूल अवस्थामा फर्काउने कार्य गर्दछ।

त्यसैले रिसेटलाई अरू कुेनै उपायहरुले काम नगरेको अवस्थामा मात्र अन्तिम उपायको रूपमा प्रयोग गर्ने गरिन्छ।

सामान्यतया, प्रयोगकर्ताले आफ्नो राउटर कति पटक रिस्टार्ट गर्नुपर्छ भन्ने बारे कुनै सटीक नियम छैन। तर विशेषज्ञहरूले मेमोरी खाली गर्न र जडान स्थिरता सुधार गर्न महिनामा कम्तिमा एक पटक रिस्टार्ट गर्न सिफारिस गरेका छन्।

प्रकाशित: २५ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...