सामसङ ग्यालेक्सी जेड फ्लिप८ मा कुनै पनि प्रकारको चार्जिङ अपग्रेड नहुने पुष्टि

  • Technology Khabar | २४ जेष्ठ २०८३, आईतवार
सामसङ ग्यालेक्सी जेड फ्लिप८ मा कुनै पनि प्रकारको चार्जिङ अपग्रेड नहुने पुष्टि
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

गत अप्रिलमा एउटा अफवाहले आगामी सामसङ ग्यालेक्सी जेड फ्लिप८ ले अझै पनि २५वाट वायर्ड चार्जिङलाई मात्र समर्थन गर्ने बताएको थियो। आगामी सामसङ ग्यालेक्सी जेड फ्लिप८ ले आफ्नो पूर्ववर्तीले जस्तै वास्तवमा, ग्यालेक्सी जेड फ्लिप४ र त्यसपछिका सबै ग्यालेक्सी जेड फ्लिप्सहरुले जस्तै अरू कुनै पनि प्रकारको अपग्रेड समावेश नगर्ने उल्लेख गरिएको छ।

साथै अब विभिन्न फ्लिप८ मोडेलहरूको लागि एसजीएसको धेरै सर्टिफिकेसन (प्रमाणपत्रहरू) ले यो तथ्यको पुष्टि गरेका छन्। फोन अधिकतम ९भी २.७७ए (वा २५वाट) सम्मको हुने भएको छ। गत अप्रिलको अफवाहले फ्लिप८ मा ४,३०० एमएएच ब्याट्री समावेह गरिने बताएको थियो र यो आफ्नो पूर्ववर्ती जस्तै क्षमता भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

त्यसैले फ्लिप८ मा ब्याट्री क्षमतासँग सम्बन्धित कुनै पनि प्रकारको अपग्रेड नहुने भएको छ। त्यसैगरी डिभाइसको क्यामरा विभागतर्फ पनि कुनै अपग्रेड नहुने थप उल्लेख गरिएको छ। तर आगामी सामसङ ग्यालेक्सी जेड फ्लिप८ सम्भवतः थोरै पातलो र हल्का हुने बताइएको छ भने बजार÷क्षेत्रको आधारमा दुई चिपसेट विकल्पहरू प्राप्त गरिने उल्लेख गरिएको छ।

प्रकाशित: २४ जेष्ठ २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार