वैशाख मसान्तसम्म २३ करोडमाथिको साढे ५३ लाख हाराहारी सिम कार्ड आयात, सबैभन्दा धेरै चीनबाट

  • Technology Khabar | २३ जेष्ठ २०८३, शनिबार
वैशाख मसान्तसम्म २३ करोडमाथिको साढे ५३ लाख हाराहारी सिम कार्ड आयात, सबैभन्दा धेरै चीनबाट

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को दशौं महिना २०८३ वैशाख मसान्तसम्म ५३ लाख ३६ हजार थानभन्दा बढी सिम कार्ड आयात भएको छ।

भन्सार विभागले हालै जारी गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापार विवरण अनुसार उक्त अवधिमा २३ करोड ११ लाख ६२ हजार रुपैयाँ बराबरको ५३ लाख ३६ हजार ८०८ थान सिम कार्ड आयात भएको छ।

सिम कार्ड आयातबाट सरकारले ५ करोड ६१ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार सिम कार्ड अस्ट्रेलिया, चीन, जापान, भारत, दक्षिण कोरिया, जापान, कुवेत, कतार, बेलायत, मेक्सिको, अमेरिका र डेनमार्क गरी विश्वका १२ देशबाट आएको देखिन्छ।

वैशाख मसान्तसम्म सबैभन्दा बढी अर्थात् ३२ लाख २ हजार ५३५ थान सिम कार्ड चीनबाट नेपाल आएको छ। यसको समग्र मूल्य २० करोड ४७ लाख ४९ हजार परेको छ।

यसैगरी मेक्सिकोबाट ९ लाख २१ हजार बराबरको ९३ हजार थान तथा बेलायतबाट ६ लाख ३४ हजार बराबरको २० हजार २ थान सिम कार्ड आयात भएको तथ्याङ्कमा उल्लेख छ।

अष्ट्रेलियाबाट १ लाख ६० हजार बराबरको १० हजार थान, जापानबाट ३ हजार बराबरको ५० थान सिम कार्ड आएको छ। भारतबाट ३ हजार बराबरको ४ थान,  अमेरिकाबाट ९ हजार बराबरको ३ थान कतार र सिंगापुरबाट समान २-२ र कुवेत तथा डेनमार्कबाट समान १-१ थान सिम कार्ड आएको देखिएको छ तर यिनीहरुको मूल्य उपलब्ध छैन।

यस्तो छ विवरण:

क्र. सं.देशपरिमाणरकम हजारमा
अस्ट्रेलिया१००००१६०
चीन३२०२५३५२०४७४९
डेनमार्क
भारत
जापान५०
द कोरिया१०११०७
कुवेत
मेक्सिको९३०००९२१
कतार
१०सिंगापुर
११बेलायत२०००२६३४
१२अमेरिका

प्रकाशित: २३ जेष्ठ २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...