स्टारलिंककी निर्देशक हन्टरको सञ्चारमन्त्री समक्ष गुनासो- नीतिगत तथा कानुनी जटिलताका कारण लाइसेन्स पाउन सकिएन

  • Technology Khabar | १८ जेष्ठ २०८३, सोमबार
स्टारलिंककी निर्देशक हन्टरको सञ्चारमन्त्री समक्ष गुनासो- नीतिगत तथा कानुनी जटिलताका कारण लाइसेन्स पाउन सकिएन

काठमाडौं ।

स्याटेलाईट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक अन्तररास्ट्रिय कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग मन्त्रालयमा भेटवार्ता गरेकी छन्।

भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति पाउन नसकेको बताइन्।

लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व भएमात्र अनुमति लिन सकिने धारणा उनले राखिन। व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालका केही सेवा प्रदायकहरूसँग छलफल भैरहेको उनले जानकारी गराइन्।

सो भेटमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति तथा कानुनी व्यवस्थाअनुसार वैधानिक प्रक्रिया अनुरुप सेवा सञ्चालन गर्न कुनै अवरोध नहुने बताएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार