
काठमाडौं ।
पल्सर आरपीएमले गत जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा आयोजना गरेको ‘पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकार तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा र्याप ब्याटलजस्ता आकर्षक प्रस्तुतिहरू समावेश थिए। यी गतिविधिमार्फत नेपालका उदीयमान तथा भूमिगत प्रतिभाहरूले आफ्नो कला र क्षमता प्रदर्शन गरेका थिए। कार्यक्रममा उपस्थित दर्शकहरूले उत्साहपूर्ण सहभागिता जनाउँदै प्रत्येक प्रस्तुतिको भरपुर मनोरञ्जन लिएका थिए।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा स्टन्ट राइडर रबिन श्रेष्ठले पल्सर एनएस२०० मा रोमाञ्चक स्टन्ट प्रदर्शन गरेका थिए।
पल्सर आरपीएम टेकओभर केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई गति, सीप, सिर्जनशीलता र आत्मविश्वासको उत्सवका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। पल्सर समुदायले प्रतिनिधित्व गर्ने साहसी, ऊर्जाशील र सीमाभन्दा बाहिर सोच्ने संस्कृतिलाई कार्यक्रमले प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो।
प्रकाशित: १८ जेष्ठ २०८३, सोमबार