गुगल सर्च परिणामहरूमा एआई ‘डिजेबल’ गर्न सकिने

  • Technology Khabar | १५ जेष्ठ २०८३, शुक्रबार
गुगल सर्च परिणामहरूमा एआई ‘डिजेबल’ गर्न सकिने
फोटो सौजन्यः ९टु५गुगल

काठमाडौं ।

अब प्रयोगकर्ताहरुले चाहेको खण्डमा गुगल सर्चमा एआई समरिज (सारांशहरू) सहज तरिकाले असक्षम अर्थात् डिजेबल गर्न सक्नेछन्।

आधिकारिक रूपमा गुगल सर्चमा एआई समरिज डिजेबल गर्ने कुनै एउटा विशेष तरिका भने उपलब्ध छैन। साथै गुगलले एआई समरिज विशेष स्निपेट्स र नलेज प्यानलहरू जस्तै खोज सुविधा भएको बताएको छ।

तर “वेब” फिल्टरले सर्चको मूल “१० ब्लू लिङ्कहरू” संस्करण र धेरै अन्य वैकल्पिक समाधानहरू पुनस्र्थापित गर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

यो विकल्पको बारेमा धेरैलाई राम्रोसँग थाहा नभएको तर यो द्रुत र सहज परिमार्जक भएको बताइएको छ।

प्रयोगकर्ताले आफ्नो क्वेरीको अन्त्यमा “”-ai” थप गर्दा परिणामस्वरूप एआई समरी बिनाको गुगल सर्च देखा पर्ने र यो निकै सरल हुन्छ।

“अपरेटर्स” पनि भनिने गरिएको गुगल सर्च मोडिफायर्स (परिमार्जकहरू) लामो समयदेखि प्रयोगमा रहेको र त्यसमध्ये सबैभन्दा उपयोगी भनेको गुगलले सही हिज्जे र शब्द क्रम खोजिरहेको छ भनी सुनिश्चित गर्न विशिष्ट शब्दहरूमा उद्धरण चिह्नहरू (“ “) थप्नु हो ।

तर यहाँ “”-ai” जस्ता धेरै अन्य उपयोगी परिवर्तनहरू पनि उपलब्ध रहेको र गुगलले समर्थन पृष्ठमा यी मध्ये धेरैको विवरण प्रदान गरेको छ।

यद्यपि यो मोडिफायर (परिमार्जक) स्थायी समाधान भने नभएको र यो प्रयोगकर्ताले तिनीहरूलाई हेर्न नचाहेको ठाउँहरूमा एआई समरिज (सारांशहरू) बहिष्कार गर्ने उपयोगी तरिका मात्र भएको बताइएको छ।

प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...