
काठमाडौं ।
गत महिना भिभोले चीनमा ठूलो १०,२००एमएएच ब्याट्रीसहितको वाई६०० प्रो अनावरण गरेको थियो। कम्पनीले अब त्यस्तै ठूलो ९,०२० एमएएच ब्याट्री भएको अर्को वाई६०० सिरिजको स्मार्टफोन प्रस्तुत गरेको छ।
भिभो वाई६०० टर्बो भनिने यो डिभाइस पहिले नै चीनमा खरिदको लागि उपलब्ध छ।
भिभो वाई६०० टर्बोमा १२० हर्जको रिफ्रेस र र १.५के रिजोल्युसन प्रदान गर्ने ६.८३ इन्चको एएमओएलईडी स्क्रिनको छ। प्यानलले ५,००० निट्ससम्मको पीक ब्राइटनेस प्रदान गर्ने दाबी पनि गरिएको छ।
फोनमा स्न्यापड्रागन ७एस जेन ४ एसओसी, १२जीबी सम्म एलपीडीडीआर४एक्स र्याम र ५१२ जीबी सम्म यूएफएस ३.१ स्टोरेज समावेश गरिएको छ।
वाई६०० टर्बोको पछाडिको भागमा ५० मेगापिक्सेलको मुख्य सेन्सर र २ मेगापिक्सेलको डेफ्थ युनिट सहितको डुअल क्यामरा सेटअप रहेको छ। सेल्फीका लागि, ह्यान्डसेटले ८ मेगापिक्सेल क्यामरा प्रदान गर्दछ।
फोनको मुख्य आकर्षणको रुपमा रहेको ठूलो ९,०२० एमएएच ब्याट्रीले ९० वाट वायर्ड फास्ट चार्जिङलाई समर्थन गर्दछ।
फोनमा आईपी६८ र आईपी६९ रेटिङ, ५जी कनेक्टिभिटी, इन्फ्रारेड ब्लास्टर, वाई–फाई ६, ब्लुटुथ ५.२, एनएफसी जीपीएस, र इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर पनि समावेश छ। साथै डिभाइसले एन्ड्रोइड १६–आधारित ओरिजिनओएस ६ चलाउँछ।
चीनमा, भिभो वाई६०० टर्बोको ८जीबी/२५६जीबी मोडेलको मूल्य २,२९९ चिनियाँ युआन (३४० अमेरिकी डलर) रहेको छ भने १२जीबी/२५६जीबी भेरियन्टको मूल्य २,५९९ चिनियाँ युआन (३८० अमेरिकी डलर) र १२जीबी/५१२जीबी भेरियन्टको मूल्य २,८९९ चिनियाँ युआन (४२५ अमेरिकी डलर) कायम गरिएको छ।
यो फोन ड्युन गोल्ड, इलेक्ट्रिक ब्लू र मिलेनियम पिंक रङ्ग विकल्पहरूमा उपलब्ध हुनेछ।
प्रकाशित: १४ जेष्ठ २०८३, बिहीबार