
काठमाडौं ।
ओप्पोले चीनमा लन्च हुनुभन्दा अगाडि नै आगामी रेनो१६ सिरिजको बारेमा थप विवरणहरूको खुलासा गरेको छ। रेनो१६ र रेनो१६ प्रो पहिले नै देशमा प्रि–अर्डरको लागि तयारमा रहेका छन् भने कम्पनीले पहिले नै तिनीहरूको डिजाइनहरू पनि प्रदर्शन गरिसकेको छ।
कम्पनीले अब स्मार्टफोनहरूको क्यामरा स्पेसिपिकेसनहरू साझा गरेको छ। रेनो१६ सिरिजले प्राथमिक २०० मेगापिक्सेल सेन्सरको साथ ट्रिपल रियर क्यामरा सेटअप प्रदान गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
फोनमा ५० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो क्यामरा र ५० मेगापिक्सेलका अल्ट्रावाइड युनिट पनि हुनेछ। फोनहरूले अगाडि ५० मेगापिक्सेलको अल्ट्रावाइड सेल्फी क्यामरा पनि प्रदान गर्नेछन्।
ओप्पोले ह्यान्डसेटहरूमा प्रयोग गरिएका सही सेन्सरहरूको विवरण नदिए पनि टिजरमा रहेको फाइन प्रिन्टले क्यामरा हार्डवेयर दुई मोडेल बीच फरक हुन सक्छ भनेर उल्लेख गरेको छ।
हालैका अफवाहहरूका अनुसार रेनो१६ प्रो ६.७८ इन्चको एलटीपीओ डिस्प्ले र डाइमेन्सिटी ९५००एस चिपसेटको साथ आउनेछ। साथै फोनमा ७,००० एमएएच ब्याट्री र धातुको फ्रेम हुने बताइएको छ।
अर्कोतर्फ, स्ट्याण्डर्ड रेनो१६ मा ६.३ इन्चको डिस्प्ले र डाइमेन्सिटी ८०००–सिरिज एसओसी हुने अनुमान गरिएको छ।
प्रकाशित: ८ जेष्ठ २०८३, शुक्रबार