
काठमाडौं ।
गुगलले आफ्नो आई/ओ सम्मेलनमा बुधबार जेमिनी ओम्नीको साथमा एआई मोडेलहरूको पछिल्लो परिवारको रुपमा जेमिनी ३.५ अनावरण गरेको छ। साथै यो नयाँ मोडेलबाट कुनै पनि इनपुटबाट भिडियो सिर्जना गर्न सकिने बताइएको छ।
जेमिनी ३.५ परिवारमा पहिलो उपलब्ध मोडेल जेमिनी ३.५ फ्ल्यास रहेको छ। यो अब जेमिनी एप मार्फत सबैका लागि उपलब्ध भएको र यो गुगल सर्चमा एआई मोडमा पनि उपलब्ध भएको बताइएको छ।
यो मोडेलले “फ्ल्यास सिरिजबाट प्रयोगर्ताले अपेक्षा गरेको गतिमा, मल्टिपल डायमेन्सन्स (बहुआयामिक आयामहरू) मा ठूला फ्ल्यागशिप मोडेलहरूलाई चुनौती दिने इन्टेलिजेन्स प्रदान गर्ने” गुगललाई उद्धृत गर्दैजीएसएमएरिनाले रिपोर्ट गरेको छ।
चुनौतीपूर्ण कोडिङ र एजेन्टिक बेन्चमार्कहरूमा जेमिनी ३.१ प्रोलाई पनि उछिन्दै र मल्टि–मोडल बुझाइमा अग्रणी भूमिका निर्वाह गर्दै यो सबैभन्दा बलियो एजेन्टिक र कोडिङ जेमिनी मोडेल भएको बताइएको छ। जेमिनी ३.५ फ्ल्यास अब डिफल्ट (पूर्वनिर्धारित) मोडेल पनि भएको उल्लेख गरिएको छ।
साथै यो जेमिनी ओम्नीले कुनै पनि इनपुटबाट भिडियोहरू सिर्जना गर्न सक्ने बताइएको छ। प्रयोगर्ताले इनपुटको रूपमा तस्बिरहरू, अडियो, भिडियो र टेक्स्ट संयोजन गर्न सक्नेछन् भने यो नयाँ मोडेलले “जेमिनीको वास्तविक–विश्व ज्ञानमा आधारित” उच्च–गुणस्तरका भिडियोहरू उत्पन्न गर्नेछ। एक पटक भिडियो सिर्जना भएपछि त्यसलाई कुराकानी मार्फत सजिलै सम्पादन गर्न सकिने थप उल्लेख गरिएको छ।
जेमिनी ओम्नी परिवारको पहिलो मोडेल जेमिनी ओम्नी फ्ल्यासले प्रयोगर्तालाई भिडियो, वा सबै कुराको बारेमा विशिष्ट चीजहरू परिवर्तन गर्न दिनुका साथै प्रयोगर्ताले धेरै मोडहरूमा सिर्जनाहरूलाई परिष्कृत गर्न सक्ने बताइएको छ।
मोडेलमा “ग्य्राभिटी (गुरुत्वाकर्षण), काइनेटिक इनर्जि र फ्लुड डायनामिक्स (तरल गतिशीलता) जस्ता बलहरूको सुधारिएको सहज बुझाइ” रहेको हुनाले यो मोडेलले थप यथार्थपरक दृश्यहरू सिर्जना गर्न सक्ने उल्लेख गरिएको छ। ओम्नीको साथ प्रयोगर्ताले आफ्नो आवाज र अवतारहरू प्रयोग गर्न सक्ने र त्यसले प्रयोगर्ताको डिजिटल संस्करण सिर्जना गर्नेछ। सबै भिडियोहरूमा सिन्थआईडी डिजिटल वाटरमार्किङ समावेश गरिएको बताइएको छ।
जेमिनी ओम्नी फ्ल्यास बुधबार जेमिनी एप र गुगल फ्लोमा विश्वव्यापी रूपमा गुगल एआई प्लस, प्रो र अल्ट्रा योजनाहरूका सबै सदस्यहरूका लागि उपलब्ध छ। यो यूट्युब शर्ट र यूट्युब क्रिएटका प्रयोगकर्ताहरूका लागि पनि निःशुल्क उपलब्ध छ।
प्रकाशित: ७ जेष्ठ २०८३, बिहीबार