
काठमाडौं ।
माइक्रोसफ्टले मंगलबार सर्फेस प्रो १३, सर्फेस ल्यापटप १३–इन्च, सर्फेस ल्यापटप १३.८–इन्च र सर्फेस ल्यापटप १५–इन्च गरी आफ्नो चारओटा ल्यापटपहरू अपडेट गरेको छ।
नयाँ डिभाइसहरू हालै जारी गरिएको इन्टेल कोर अल्ट्रा सिरिज ३ चिप्समा चल्दछन् भने स्न्यापड्रागन एक्स२–संचालित संस्करणहरू यो वर्षको उत्तरार्धमा आउने अपेक्षा गरिएको छ।
सर्फेस ल्यापटप १३.८ र १५–इन्च अब नयाँ डिस्प्ले विकल्पहरूमा उपलब्ध हुनेछन् भने त्यसमध्ये केहीमा सामसङ ग्यालेक्सी एस२६ अल्ट्राको जस्तै प्राइभेसी स्क्रिन सुविधा समावेश गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
त्यसैगरी १५–इन्चको मोडेलको एलसीडीमा उच्च रिजोल्युसन प्राप्त गरेको छ। ओएलईडी संस्करणहरू आगामी महिनाहरूमा बजारमा आउने अपेक्षा गरिएको छ।
१३.८–इन्च र १५–इन्चको सर्फेस ल्यापटप मोडेलहरूमा अर्को उल्लेखनीय अपग्रेड भनेको नयाँ ट्र्याकप्याड रहेको छ। डिभाइसले अब विन्डोज ११ को ह्याप्टिक फिडब्याक सुविधाहरूलाई समर्थन गर्नेछ। साथै स्क्रिनमा केही यूआई तत्वहरूसँग अन्तक्र्रिया गर्दा प्रयोगकर्ताले एप विन्डो स्न्याप गर्ने वा वस्तुहरू पङ्क्तिबद्ध गर्ने जस्ता सब्टल फिडब्याक (सूक्ष्म प्रतिक्रिया) प्राप्त गर्नेछन्।
मिड–रेञ्ज सर्फेस ल्यापटप १३–इन्चको मोडेल नयाँ इन्टेल चिप्सको साथ ढुवानी गरिने भएको छ र अब एन्टी–रिफ्लेक्टिभ डिस्प्लेको साथ आउने बताइएको छ।
यो भेरियन्टको मूल्य १,४९९ अमेरिकी डलर कायम गरिएको छ भने ८जीबी र्याम र कोपायलट+ क्षमताहरू बिनाको कम लागतको संस्करण पाइपलाइनमा रहेको उल्लेख गरिएको छ। साथै यो संस्करणको मूल्य १,२९९ अमेरिकी डलर हुनेछ।
अर्कोतर्फ, सर्फेस प्रो १३–इन्चले नयाँ कोर अल्ट्रा चिप्सको साथमा सामान्य स्पेक बम्प प्राप्त गरेको छ। त्यसको मतलब प्रयोगकर्ताले सर्फेस ल्यापटप्समा अहिले भएको नयाँ टचप्याड भने प्राप्त नगर्ने उल्लेख गरिएको छ।
फ्ल्यागशिप सर्फेस प्रो र सर्फेस ल्यापटप्स इन्टेल कोर अल्ट्रा ५ चिप्स र १६जीबी र्यामको साथ १,९४९ अमेरिकी डलर मूल्य पर्ने बताइएको छ। माइक्रोसफ्टले कम्पोनेन्टको मूल्य बढ्दै जाँदा डिभाइस्को मूल्य वृद्धि भएको बताएको छ।
ती भेरियन्टहरू डिभाइसहरु व्यावसायिक प्रयोगकर्ताहरूका लागि भएको र व्यावसायिक पुनरावृत्तिहरू सम्भवतः यो गर्मीको अन्त्यमा ओएलईडी भेरियन्टहरूसँग आउने उल्लेख गरिएको छ।
प्रकाशित: ७ जेष्ठ २०८३, बिहीबार