सफ्टवेयरलगायत प्रणाली एकीकृत, सुरक्षित र मापदण्डअनुसार सञ्चालन गर्न मातहत कार्यालयहरुलाई कामनपाको निर्देशन

  • Technology Khabar | ६ जेष्ठ २०८३, बुधबार
सफ्टवेयरलगायत प्रणाली एकीकृत, सुरक्षित र मापदण्डअनुसार सञ्चालन गर्न मातहत कार्यालयहरुलाई कामनपाको निर्देशन
फाइल तस्बिर

काठमाडौं ।

काठमाडौं महानगरपालिका(कामनपा) ले महानगर अन्तर्गतका विभाग, सचिवालय, वडा कार्यालय तथा अन्य निकायहरूले निर्माण गर्ने सफ्टवेयर, वेब एप्लिकेसन, मोबाइल एप्लिकेसन तथा अन्य डिजिटल प्रणालीलाई एकीकृत, सुरक्षित र मापदण्डअनुसार सञ्चालन गर्न निर्देशन दिएको छ।

महानगरले हालै एक विज्ञप्ति प्रकाशित गरी सम्बन्धित सबैलाई यसबारे जानकारी दिएको हो।

महानगरको सूचना प्रविधि विभागले जारी गरेको पत्रमा डिजिटल प्रणाली निर्माण, खरिद, जडान, सञ्चालन वा स्तरोन्नति सम्बन्धी कुनै पनि कार्य अघि बढाउनुअघि अनिवार्य रूपमा सूचना प्रविधि विभाग अन्तर्गत रहेको Software Development and Operation Center (SDOC) सँग समन्वय गर्नुपर्ने उल्लेख गरिएको छ।

महानगरले यस्तो व्यवस्था डिजिटल प्रणालीको प्रभावकारी सञ्चालन तथा एकरूपता कायम गर्न गरिएको जनाएको छ।

प्रकाशित: ६ जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार