
काठमाडौं ।
सामसङले गत हप्ता मात्र ग्यालेक्सी एस२४ सिरिजको लागि एन्ड्रोइड १६ मा आधारित स्थिर वान यूआई ८.५ अपडेट रोल आउट गर्न सुरु गरेको थियो। तर यो अपडेट अमेरिकी र दक्षिण कोरियाली प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध गराइएको थियो। कम्पनीले वान यूआई ८.५ अब विश्वव्यापी बजारको लागि उपलब्ध गराउने भएको छ।
प्रयोगकर्ताले सेटिङ्स > सफ्टवेयर अपडेट > डाउनलोड र इन्स्टलमा गएर म्यानुअल रूपमा सफ्टवेयर अपडेटको लागि नोटिफिकेसन जाँच गर्न सक्ने छन्। त्यसैगरी यी कदमहरुले काम नगरेको खण्डमा भने यो आउनु अघि प्रयोगकर्ताले एक वा दुई दिन पर्खनु पर्ने हुन सक्छ भनि जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
वान यूआई ८.५ सफ्टवेयरले मुट्ठीभर नयाँ सुविधाहरू र परिवर्तनहरू प्रस्तुत गरेको उल्लेख गरिएको छ। प्रयोगकर्ताले ग्यालेक्सी एआई अन्तर्गत थप शक्तिशाली ईमेज इडिटिङ टुलहरू, स्मार्ट बिक्सबी, परप्लेक्सिटी एआई सँग थप गहिरो एकीकरण, डकुमेण्ट स्क्यान जस्ता नयाँ क्यामरा सुविधाहरू, रियल अटईम लग भिडियो प्रिभ्यूहरू र सेल्फीका साथै पछाडिको क्यामराहरू मध्ये एक एकै साथ प्रयोग गरेर डुअल भिडियो रेकर्डिङ जस्ता नयाँ एआई सुविधाहरू प्राप्त गर्नेछन्।
प्रकाशित: ६ जेष्ठ २०८३, बुधबार