
काठमाडौं ।
माइक्रोसफ्टले विन्डोज ११ को लागि परिवर्तनहरू परीक्षण गरिरहेको छ। यो परीक्षणले स्टार्ट मेनुलाई सहज रुपमा अनुकूलित गर्न र प्रयोगकर्ताको आवश्यकता अनुसार टास्कबारलाई राम्रोसँग राख्न सहज बनाउने छ। कम्पनीले शनिबारदेखि र आगामी हप्तामा एक्सपेरिमेण्टल (प्रयोगात्मक) च्यानलमा विन्डोज इनसाइडरहरूमा तिनीहरूलाई रोल आउट गर्नेछ।
ठूलो विन्डोज ११ स्टार्ट मेनु मन नपर्ने प्रयोगकर्ताहरुका लागि यो परीक्षणले तिनीहरुलाई अब मेनुको सानो र ठूलो संस्करणहरू बीचको विकल्प प्रिदान गर्नेछ।
स्टार्ट मेनु सेटिङहरूबाट प्रयोगकर्ताहरुले चाहेको आकार चयन गर्न सक्नेछन् र प्रयोगकर्ताको छनोट डिस्प्लेहरूमा एकरूप रहनेछ। विन्डोज लेटेस्टले पहिले गत वर्ष नोभेम्बरमा आएको अपडेट पछि विन्डोज ११ को स्टार्ट मेनु लगभग दोब्बर ठूलो भएको पत्ता लगाएको थियो। माइक्रोसफ्टले प्रकाशनलाई त्यसको बारेमा थाहा भएको र प्रकाशनको प्रतिक्रियामा ध्यान दिएको बताएको थियो।
त्यसैगरी, इनसाइडर रिलीजले प्रयोगकर्तालाई सेक्सन–लेभल टगल्स – पिन्ड, रिकमेण्डेड र अल – मा पहुँच दिनेछ भने प्रयोगकर्ताले आफ्नो अनुभवलाई सरल बनाउन मेनुका भागहरू देखाउन वा लुकाउन सक्ने छन्।
उदाहरणका लागि, यदि रिकमेण्डेड र अल बन्द गरियो भने प्रयोगकर्ताले आफ्नो पिन गरिएका एपहरू भएको स्टार्ट मेनु देख्न सक्नने छन्। यी टगलहरू आगामी हप्ताहरूमा रोल आउट हुनेछन्।
साथै प्रयोगकर्ताले फाइल सिफारिसहरूको लागि छुट्टै नियन्त्रणमा पहुँच पनि प्राप्त गर्नेछन्। यो सुविधाले प्रयोगकर्तालाई तिनीहरूलाई अन्य ठाउँहरूमा नभइ स्टार्ट मेनुमा मात्र असक्षम पार्न दिनेछ र प्रयोगकर्ताले आफ्नो स्क्रिन वा स्ट्रिमिङ सेयर गर्दा आफ्नो गोपनीयता सुरक्षित गर्न स्टार्टमा प्रयोगकर्ताको नाम र प्रोफाइल तस्वीर लुकाउने विकल्प पनि प्रदान गर्नेछ।
माइक्रोसफ्टले प्रयोगकर्तालाई स्क्रिनको कुनै पनि किनारामा (माथि, तल, बायाँ वा दायाँ) आफ्नो टास्कबार राख्ने सुविधा पनि प्रदान गर्नेछ। साथै प्रयोगकर्ताले आइकन अलाइनमेण्ट पनि छनौट गर्न सक्नेछन्। साथै टास्कबारलाई माथि वा तल्लो किनारामा राखिएको खण्डमा प्रयोगकर्ताले लेफ्ट अलाइण्ड र केन्द्रित आइकनहरू बीच छनौट गर्न सक्ने छन्।
माइक्रोसफ्टको विन्डोज इनसाइडर कार्यक्रमको हिस्सा हुनको लागि प्रयोगकर्ताले आफ्नो माइक्रोसफ्ट खातामा दर्ता गर्नुपर्नेछ। इनसाइडर्सले कम्पनीले परीक्षण गरिरहेको पछिल्लो विन्डोज निर्माणहरूको पूर्वावलोकन गर्न पाउने छन् र तिनीहरूले व्यापक रोलआउट अघि त्यसको प्रयोगात्मक सुविधाहरू सुधार गर्न कम्पनीलाई आफ्नो प्रतिक्रिया पठाउन सक्ने इनग्याजेटले रिपोर्ट गरेको छ।
प्रकाशित: ६ जेष्ठ २०८३, बुधबार