सामाजिक सञ्जाल टिकटकमार्फत ब्ल्याकमेल गरी रकम असुल्ने एक जना पक्राउ

  • Technology Khabar | १ जेष्ठ २०८३, शुक्रबार
सामाजिक सञ्जाल टिकटकमार्फत ब्ल्याकमेल गरी रकम असुल्ने एक जना पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

टिकटकलगायत सामाजिक सञ्जाल प्रयोग गरी एक महिलालाई ब्ल्याकमेल गरेर आर्थिक लाभ लिन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरी साइबर ब्युरोका अनुसार पीडित महिलाको फोटो राखी ब्ल्याकमेल गर्नुका साथै उनका व्यक्तिगत फोटो तथा भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिई आर्थिक लाभ लिन खोज्ने व्यक्तिलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–३० बस्ने ३२ वर्षीय तामाङ थरका पुरुष रहेका छन्। उनलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गत अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ।

साइबर ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग गरी कसैलाई धम्की दिने, ब्ल्याकमेल गर्ने वा आर्थिक लाभ लिन खोज्ने गतिविधि कानुनविपरीत हुने भन्दै यस्ता घटनाबारे तत्काल प्रहरीमा जानकारी गराउन आग्रह गरेको छ।

प्रकाशित: १ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार