आज राति नेपाल टेलिकमको एसएमएस सेवामा समस्या आउन सक्ने

  • Technology Khabar | २८ बैशाख २०८३, सोमबार
आज राति नेपाल टेलिकमको एसएमएस सेवामा समस्या आउन सक्ने

काठमाडौं ।

नेपाल टेलिकमको एसएमएस सेवामा आज राति समस्या आउन सक्ने देखिएको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी यसबारे सम्बन्धित सबैमा जानकारी गराएको हो।

सूचनामा भनिएको छ, ‘नेपाल टेलिकमको SMSC System मा मिस्ड कल अलर्ट (एमसीए) सँग सम्बन्धित भर्सन अपग्रेड कार्य सञ्चालन गरिने भएकोले मिति २०८३ वैशाख २८ गते राति १० बजे देखि बैशाख २९ गते बिहान ४ बजे अवधिमा केही समय (लगभग १० मिनेट जति) एसएमएस सेवा अवरुद्ध हुन सक्ने व्यहोरा सम्पूर्ण ग्राहक महानुभावहरुमा जानकारी गराइन्छ। यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ।’

प्रकाशित: २८ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...