स्मार्ट टेलिकम अनियमिततामा मेरो कुनै संलग्नता छैनः सांसद खरेल

  • Technology Khabar | २८ बैशाख २०८३, सोमबार
स्मार्ट टेलिकम अनियमिततामा मेरो कुनै संलग्नता छैनः सांसद खरेल

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य जगदीश खरेल (ललितपुर) ले आफूलाई स्मार्ट टेलिकमको अनियमिताका नाममा अनावश्यक रूपमा मुछिएको दुःखेसो गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले सभामुख डोलप्रसाद अर्याल र पार्टीका सभापति रवि लामिछानेलाई जानकारी दिएर कार्यक्रमको सन्दर्भमा स्विजरल्याण्ड गएको अवस्थामा आफूलाई स्मार्ट टेलिकमको भ्रष्टाचारका विषयमा मुछेर आएका समाचारप्रति खेद व्यक्त गरे।

पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता खरेलले त्यस्ता अपुष्ट र गलत समाचार पुष्टि गर्न सम्बन्धित सञ्चारमाध्यमलाई चुनौती दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रेस काउन्सिल नेपालको पनि ध्यानाकर्षण गराए।

प्रकाशित: २८ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...