उद्योगपति शेखर गोल्छा पक्राऊ प्रति नाईमाको ध्यानाकर्षण

  • Technology Khabar | १३ बैशाख २०८३, आईतवार
उद्योगपति शेखर गोल्छा पक्राऊ प्रति नाईमाको ध्यानाकर्षण

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष, तथा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा) बोर्ड सदस्य शेखर गोल्छासँग सम्बन्धित हाल विकसित घटनाक्रमप्रति संस्थाको ध्यानाकर्षण भएको नाइमाले जनाएको छ।

यस्ता प्रकृतिका विषयमा अघि बढ्दा सम्बन्धित व्यक्तिलाई आवश्यक स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर प्रदान गरिनु पर्ने र प्रक्रियागत स्पष्टता, सन्तुलन तथा उचित विवेक अपनाइनुले समग्र प्रणालीप्रतिको विश्वास सुदृढ बनाउन सहयोग पुर्याउने संस्थाको धारणा छ।

संस्थाले हालै एक विज्ञप्ति सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो। निजी क्षेत्रको मनोबल उच्च राख्ने, विश्वासको वातावरण सुदृढ गर्ने तथा उद्यमशीलताको निरन्तरता कायम राख्ने दिशामा राज्यले निजी क्षेत्रको योगदानलाई उचित रूपमा स्वीकार गरी सोहीअनुसार व्यवहार र नीतिगत सन्देश दिनु आवश्यक हुने नाईमाको ठहर छ।

‘नाईमा विधिको शासन, पारदर्शिता तथा निष्पक्षताको पक्षमा दृढ रहेको संस्था हो। कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष ढंगले अनुसन्धान हुनु र कानुन उल्लङ्घन गर्ने जो–कोहीमाथि आवश्यक कारबाही हुनु पर्नेमा संस्था अडिग छ। तथापि पर्याप्त प्रमाणबिना कुनै पनि व्यक्तिमाथि निष्कर्षमा पुग्ने वा कठोर कदम चाल्ने कार्यले समग्र प्रणालीप्रतिको विश्वासमा असर पर्न सक्ने भएकाले यस सन्दर्भमा सम्बन्धित निकायहरूले आवश्यक संवेदनशीलता अपनाउन नाईमा विनम्रतापूर्वक अनुरोध गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ बैशाख २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

inDrive Honors Nepal’s Top-Performing with EV Cab and E-Scooter at Platinum Giveaway in Nepal

  • Technology Khabar
  • १३ बैशाख २०८३, आईतवार