
काठमाडौं ।
अर्बपति इलन मस्कलाई उनको सामाजिक सञ्जाल प्लेटफर्म एक्सको फ्रान्सेली अनुसन्धानको एक भागको रूपमा सोमबार पेरिसमा स्वैच्छिक अन्तर्वार्ताका लागि बोलाइएको छ, यद्यपि उनी उपस्थित हुनेछन् कि छैनन् भन्ने स्पष्ट छैन।
फ्रान्सेली अधिकारीहरूले सन् २०२५ जनवरीमा सुरु गरिएको अनुसन्धानको बाँकी अनुसन्धानका लागि फेब्रुअरीमा मस्कलाई पत्राचार गरेका थिए ।
आरोपमा एक्सको एल्गोरिदम फ्रान्सको राजनीतिमा हस्तक्षेप गर्न प्रयोग गरिएको उल्लेख छ। सामुहिक अपराध र यौन डिपफेकको प्रसारबारे मुद्दा अनुसन्धान गर्न एक्सको एआई च्याटबोट ग्रोकद्वारा अस्वीकार गरेपछि यसलाई थप समयका लागि विचाराधीन अवस्थामा राखिएको थियो ।
फ्रान्सेली अभियोजनकर्ताहरूले फेब्रुअरीमा एक्सको पेरिसको कार्यालयमा पनि छापा मारेका थिए, जसलाई प्रसिद्ध सामाजिक सञ्जाल एक्सले कुनै गलत काम नगरेको भन्दै ‘राजनीतिकृत छापा र ‘अपमानजनक न्यायिक कार्य’ को रूपमा आलोचना गरेको थियो।
फ्रान्सेली अभियोजकहरूले मस्क र तत्कालीन सीईओ लिन्डा याकारिनोलाई स्वैच्छिक अन्तर्वार्ताको लागि ‘घटनाहरूको समयमा एक्स प्लेटफर्मको तत्कालिन र वैधानिक प्रबन्धक’ लाई अनुसन्धानका लागि बोलाएका थिए, जुन कदमलाई मस्कले ‘राजनीतिक आक्रमण’ भनेका थिए।
दुई वर्ष कम्पनीको नेतृत्व गरेपछि याकारिनोले गत वर्ष जुलाईमा एक्सको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएकी थिईन् ।
फेब्रुअरीमा पेरिसका अभियोजक लाउरे बेकुआउले कम्पनीका कर्मचारीहरूलाई पनि साक्षीका रूपमा सुनुवाइका लागि अप्रिल २० देखि २४ सम्म उपस्थित हुन बोलाइएको बताएका थिए।
उनीहरू स्वेच्छिक सोधपुछका लागि उपस्थित हुनुहुनेछ वा छैन भन्ने कुरा अनुसन्धानको निरन्तरताका लागि बाधक नहुने पेरिसका अभियोजनकर्ताको कार्यालयले शनिबार जनाएको छ।
अधिकारीहरूले मस्कको निर्धारित अन्तर्वार्ताको स्थान वा समयको बारेमा कुनै विवरण दिएका छैनन्।
फ्रान्सेली अनुसन्धान धेरै संदिग्ध आपराधिक गतिविधिहरूमा केन्द्रित छ, जसमा बाल यौन दुव्र्यवहार सामग्री राख्ने र मानवता विरुद्धको अपराधको इन्कार गर्ने मुद्दा समावेश छ।
‘सेन्टर फर काउन्टरिङ डिजिटल हेट (सीसीडीएच)’ नामक गैरनाफामूलक संस्थाले जनवरीको अन्त्यतिर भनेको थियो, “यसले ११ दिनमा अनुमानित ३० लाख यौनजन्य तस्बिरहरू प्रसार गरेको छ, जसमा अधिकांश महिलाहरूलाई समावेश गरिएको छ र २३ हजार बच्चाहरूको अश्लिल चरित्रको चित्रण पनि गरिएको थियो। रासस/एएफपी
प्रकाशित: ८ बैशाख २०८३, मंगलवार