चैत्र मसान्तसम्म नेपालमा साढे १६ करोड रुपैयाँभन्दा बढीको चारपाङ्रे विद्युतीय गाडी भित्रियो

  • Technology Khabar | ८ बैशाख २०८३, मंगलवार
चैत्र मसान्तसम्म नेपालमा साढे १६ करोड रुपैयाँभन्दा बढीको चारपाङ्रे विद्युतीय गाडी भित्रियो
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को नवौं महिना चैत्र मसान्तसम्ममा नेपालमा १६ अर्ब ६५ करोड ७५ लाख ८२ हजार रुपैयाँ बराबरको ७ हजार १ सय ७१ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया र अमेरिका,अस्ट्रिया र बेलायत गरी विश्वका ८ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

उक्त परिमाणको आयातमार्फत् सरकारले १० अर्ब ११ करोड ५४ लाख ६७ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५० किलोवाटसम्म १४२० २४८३७७६
कार, जीप र भ्यान भारत ५० किलोवाटसम्म १०८६ १९०१६६१

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५१ देखि १०० किलोवाटसम्म २९२६ ७३९४००८
कार, जीप र भ्यान भारत ५१ देखि १०० किलोवाटसम्म ७१६ १८९७८६२
कार, जीप र भ्यान थाइल्याण्ड ५१ देखि १०० किलोवाटसम्म ४४० १२४३२९२
कार, जीप र भ्यान बेलायत ५१ देखि १०० किलोवाटसम्म ४९८८

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन १०१ देखि २०० किलोवाटसम्म ५१५ १४७६९२७
पिक पावरयुक्त कार, जीप र भ्यान जर्मनी १०१ देखि २०० किलोवाटसम्म १० ७६६०६
पिक पावरयुक्त कार, जीप र भ्यान भारत १०१ देखि २०० किलोवाटसम्म ३५ १३८७०२
पिक पावरयुक्त कार, जीप र भ्यान द कोरिया १०१ देखि २०० किलोवाटसम्म ३२३६५
पिक पावरयुक्त कार, जीप र भ्यान अमेरिका १०१ देखि २०० किलोवाटसम्म १० ४३२७८

 

२०१ देखि ३०० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान अस्ट्रिया २०१ देखि ३०० किलोवाटसम्म ६७९७
पिक पावरयुक्त कार, जीप र भ्यान चीन २०१ देखि ३०० किलोवाटसम्म ३७४०८
पिक पावरयुक्त कार, जीप र भ्यान सं. रा. अमेरिका २०१ देखि ३०० किलोवाटसम्म ९९१२

प्रकाशित: ८ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार