टाटा मोटर्सले ल्यायो ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

  • Technology Khabar | ३ बैशाख २०८३, बिहीबार
टाटा मोटर्सले ल्यायो ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

काठमाडौं ।

टाटा मोर्टसका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिंगले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। ‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी घर लैजान सक्नेछन्।

कम्पनीका अनुसार यो विशेष क्याम्पेन अप्रिल १७, १८, १९ र २० २०२६ मा देशभर सञ्चालन हुनेछ। अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो इभी खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यस अफरमा ग्राहकहरूले केवल ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो इभी आफ्नो बनाउन सक्नेछन्। योजना अन्तर्गत पुराना दुईपाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज, र एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा उपलब्ध हुनेछन्।

त्यसैगरी ग्राहकहरूले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, साथै निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा समेत रहेको छ। साथै एकजना भाग्यशाली ग्राहकले लक्कि ड्र मार्फत आइफोन – १७ प्रो म्यास जित्ने सक्ने मौका पनि रहेको कम्पनीले जनाएको छ।

सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने कम्पनीको विश्वास छ।

प्रकाशित: ३ बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...