आईफोन फोल्डले एप्पललाई २०२६ मा शीर्ष तीन फोल्डेबल खेलाडी बनाउने

  • Technology Khabar | ३ बैशाख २०८३, बिहीबार
आईफोन फोल्डले एप्पललाई २०२६ मा शीर्ष तीन फोल्डेबल खेलाडी बनाउने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलको आगामी आईफोन फोल्ड कम्पनीको फोल्डेबल स्मार्टफोनमा पहिलो र लामो समयदेखि प्रतिक्षा गरिएको डिभाइस हुनेछ। साथै यो आईफोन फोल्ड ठूलो हिट हुने अनुमान गरिएको छ। क्युपर्टिनोको पहिलो फोल्डेबलले २०२६ मा फोल्डेबलको लागि १९.३ प्रतिशत बजार हिस्सामा पुग्न मद्दत गर्ने ट्रेन्डफोर्सको नयाँ रिपोर्टले उल्लेख गरेको छ। साथै आईफोन फोल्डले एप्पललाई बजार हिस्साको हिसाबले ह्वावे र सामसङ पछि सीधै तेस्रो स्थानमा पुर्याउनेछ।

फोल्डिङ्ग फोन बजारमा एप्पलको प्रवेश ढिलो भए तापनि कम्पनीको फोल्डेबल फोन प्रयास गर्न चाहने एप्पल प्रयोगकर्ताहरूको बढ्दो माग, बलियो ब्रान्ड र इकोसिस्टम वफादारीको साथ एप्पललाई यो खण्डमा बजार नेताहरू मध्ये एकको रूपमा अगाडि बढाउने ट्रेन्डफोर्स विश्लेषकहरूले विश्वास गरेका छन्।

आईफोन फोल्डकोको लागि एप्पलको मुख्य लक्ष्यहरू मध्ये एक भनेको फोल्डेबल डिस्प्ले क्रिजलाई कम गर्नु भएको र नयाँ रिपोर्टले भौतिक विज्ञान कसरी त्यसको समाधान हो भन्ने कुरामा प्रकाश पारेको छ। एप्पलले आईफोन फोल्डको हिञ्जमा अल्ट्रा–थिन ग्लास (यूटीजी) को दोहोरो तहसँगै थ्रीडी प्रिन्टिङ र लिक्विड मेटलको प्रयोग गर्ने भन्ने बारेमा पहिले नै सुन्नमा आएको छ र अब अप्टिकली क्लियर एडेसिभ (ओसीए) अर्को प्रमुख कम्पोनेण्टको रुपमा रहने बताइएको छ।

यो कम्पाउन्ड वास्तवमा अन्य निर्माताहरूबाट फोल्डेबल फोनको डिस्प्लेहरूमा पहिले नै प्रयोग भइसकेको छ। तर एप्पलले एकल क्षेत्रमा उत्पन्न हुने तनावलाई कम गर्दै तनाव अवशोषित गर्ने र त्यसको कठोरता परिवर्तन गर्ने सन्दर्भमा यो कम्पाउन्डको व्यवहारलाई अनुकूलन गर्ने प्रयास गरिरहेको छ।

ओसीए सामान्यतया विभिन्न स्क्रिन तहहरू बीच अवस्थित हुन्छ र एप्पलको संस्करणले कथित रूपमा फोल्डिङ्ग डिस्प्लेहरूसँग तीन मुख्य समस्याहरूलाई सम्बोधन गर्न मद्दत गर्नेछ। साथै तनावलाई समान रूपमा अवशोषित गर्न सक्ने भएकोले यो एक दृश्य क्षेत्रमा केन्द्रित नहुँने बताइएको छ भने डिस्प्ले तहहरूलाई पूर्ण रूपमा पङ्क्तिबद्ध र अट्याच्ड (संलग्न) राख्ने छ। यो पूर्ण रूपमा स्पष्ट रहने तवरले बनाइएको हुनाले लाइट डिस्टोर्सन र देख्न सकिने डिस्प्ले क्रिजको सम्भावना कम गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ३ बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...