
काठमाडौं ।
ओपनएआई र एनभिडियाले बेलायतमा बनाउने ठूलो डाटा सेन्टर परियोजना “स्टारगेट यूके” लाई उच्च विद्युत् लागतका कारण स्थगित गर्ने निर्णय गरेका छन्।
यो परियोजना यूरोपमा कृत्रिम बुद्धिमत्ता पूर्वाधार विस्तार गर्ने ठूलो योजनाको हिस्सा थियो तर आर्थिक अवस्था र ऊर्जा मूल्य अत्यधिक महँगो भएकाले छोटो अवधिमा कार्यान्वयन गर्न कठिन भएको भन्दै अस्थायी रूपमा रोकिएको टेलिग्राफले जनाएको छ।
अन्तर्राष्ट्रिय रिपोर्टअनुसार यो निर्णय बेलायतमा रहेको नियामक अनिश्चिततासँग पनि सम्बन्धित छ जसमा लाइसेन्सिङ र एआई मोडेल प्रशिक्षणका लागि सामग्री प्रयोगसम्बन्धी मुद्दाहरू समावेश छन्।
बजारको अवस्था र ऊर्जा लागतका आधारमा भविष्यमा यस्ता परियोजनाहरू पुनः समीक्षा गरिने अपेक्षा गरिएको छ। साथै, अवस्था सुधार भएमा पुनः लगानी गर्ने सम्भावनालाई पनि कम्पनीहरूले नकारेका छैनन्।
प्रकाशित: १ बैशाख २०८३, मंगलवार