
काठमाडौं ।
इन्स्टाग्रामले अन्ततः प्रयोगकर्ताहरूलाई पोस्ट गरेपछि कमेण्टहरू सम्पादन गर्न दिने नयाँ सुविधाको घोषणा गरेको छ। यो सुविधा अन्तर्गत प्रयोगकर्ताहरूसँग कमेण्टहरू सम्पादन गर्न केवल १५ मिनेटको समय उपलब्ध हुनेछ। उक्त समयावधि पछि भने प्रयोगकर्ताहरूले आफ्ना टिप्पणीहरू सम्पादन गर्न सक्ने छैनन्।
त्यसैगरी अर्को समस्या भनेको प्रयोगकर्ताले कमेण्टहरूमा टेक्स्ट मात्र सम्पादन गर्न सक्ने छन्। उदाहरणका लागि, यदि कमेण्टमा टेक्स्ट र फोटो दुवै भएको खण्डमा भने प्रयोगकर्ताले टेक्स्ट मात्र सम्पादन गर्न सक्नेछन्।
तर सकारात्मक पक्ष भनेको प्रयोगकर्ताले पोस्ट गरेको १५ मिनेट भित्र इन्स्टाग्राममा कमेण्ट सम्पादन गर्न सक्ने संख्याको कुनै सीमा नभएको उल्लेख गरिएको छ। सम्पादन गरिएका कमेण्टहरूको लागि “इडिटेड्” भनेर लेबल प्रदर्शित हुने भएकाले एक पटक कमेण्ट सम्पादन गरिसकेपछि अन्य इन्स्टाग्राम प्रयोगकर्ताहरूले उक्त कमेण्ट सम्पादन गरिएको भनेर थाहा पाउनेछन्। यद्यपि, प्रयोगकर्ताहरूले संस्करण इतिहास हेर्न भने सक्षम नहुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ३० चैत्र २०८२, सोमबार