नयाँ एफजेडएस एफआई न्यू जेन सार्वजनिकसँगै यामाहा ब्लू फेस्टमा मनाइयो इनोभेसनको उत्सव

  • Technology Khabar | २९ चैत्र २०८२, आईतवार
नयाँ एफजेडएस एफआई न्यू जेन सार्वजनिकसँगै यामाहा ब्लू फेस्टमा मनाइयो इनोभेसनको उत्सव

काठमाडौं ।

यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एमएडब्लु ग्रुपमार्फत यामाहा ब्लु फेस्ट सफलतापूर्वक आयोजना गरेको छ।

कार्यक्रमलाई साधारण बिक्री गतिविधिभन्दा माथि उठाएर अन्तरक्रिया, इनोभेसन र उत्साहमार्फत यामाहा र राइडरबीच अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने गरि डिजाइन गरिएको छ।

ब्लु फेस्टको ‌औपचारिक सुरूवातको रूपमा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा ब्रान्ड एम्बेसडर अनुप बिक्रम शाहीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका हुन्।

कार्यक्रमको मुख्य आकर्षण “लिड द नेक्स्ट” थीम अन्तर्गत  यामाहा एफजेडएस एफआई न्यू जेनको आधिकारिक सार्वजनिकरण रह्यो। अध्यक्ष विष्णु कुमार अग्रवालले उक्त मोडल सार्वजनिक गर्दै नेपालमा लोकप्रिय एफजेड सिरिजको नयाँ अध्यायको सुरुवात गरे।

लाइभ प्रस्तुति र अन्तरक्रियात्मक गतिविधिहरूले कार्यक्रममा उत्साहपूर्ण वातावरण सिर्जना गर्नुका साथै सहभागीहरूमा तीव्र जिज्ञासा र जोश देखिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले भने, “हामी ग्राहकलाई उन्नत प्रविधि र उच्च मूल्य प्रदान गर्न केन्द्रित छौं। यामाहा मोटरसाइकलहरू प्रदर्शन, स्टाइल र उत्साह प्रदान गर्ने गरी बनाइएका हुन्छन्। यसमध्ये एफजेड सिरिज नेपाली राइडरहरूको सबैभन्दा विश्वासिलो रोजाई बन्दै आएको छ।”

एफजेड सिरिज लामो समयदेखि कम्युटर सेग्मेन्टमा ल‍ोकप्रिय रहँदै आएको छ, र न्यु जेनले थप सुधारिएका फिचर र नयाँ डिजाइनसहित सो यात्रालाई निरन्तरता दिएको छ। नयाँ यामाहा एफजेडएस एफआई न्यु जेन हरेक दिनको प्रयोगमा आत्मविश्वास, स्टाइल र स्मार्ट प्रविधि खोज्ने नयाँ पुस्ताका राइडरलाई लक्षित गरी तयार गरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले बाइकका ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल एबीएस र वाई -कनेक्ट जस्ता विशेषताहरूबारे जानकारी दिँदै भने, “एफजेड एफआई न्यु जेन स्टाइल, प्रविधि र प्रदर्शनको संयोजन खोज्ने आजका राइडरका लागि तयार गरिएको हो। यस मोडलमार्फत हामीले अझ स्मार्ट, सुरक्षित र रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौं।”

कार्यक्रममा सेल्स हेड शैलेन्द्र अधिकारीले ब्लु फेस्ट अन्तर्गत उपलब्ध अफर, मूल्य संरचना र नयाँ मोडलका प्रमुख विशेषताबारे विस्तृत जानकारी दिँदै यामाहाको ग्राहक केन्द्रित दृष्टिकोण र मूल्यमा आधारित बजार रणनीतिबारे जानकारी दिए।

कम्पनीका अनुसार ब्लु फेस्टको अर्को प्रमुख आकर्षण एक्सचेन्ज कार्निभल थियो, जहाँ ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल सजिलै साट्न सक्ने सुविधा पाएका छन्। ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागिताले बजार अनुसारको उचित मूल्याङ्कन सुनिश्चित गर्दै पारदर्शी र प्रतिस्पर्धी एक्सचेन्ज सुविधा प्रदान गरेको बताईएको छ।

साथै, ग्राहकहरूले नागरकिता मार्फत तुरुन्तै फाइनान्सिङ सुविधा, अधिकतम ४० महिनासम्मको लचिलो ईएमआई विकल्प तथा ब्लु फेस्ट योजना अन्तर्गत अधिकतम रु. ५ लाखसम्मको क्यासब्याक सुविधा पनि प्राप्त गरेका थिए।

प्रकाशित: २९ चैत्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...