सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय पुरस्कारको तयारी गर्दै राष्ट्रिय युवा परिषद: अनलाइन आवेदन दिन सकिने

  • Technology Khabar | २९ चैत्र २०८२, आईतवार
सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय पुरस्कारको तयारी गर्दै राष्ट्रिय युवा परिषद: अनलाइन आवेदन दिन सकिने
फाइल/एआई तस्बिर

काठमाडौं ।

राष्ट्रिय युवा परिषदले केन्द्रीय स्तरमा आयोजना गरिने सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय पुरस्कारका लागि सम्बन्धित सबैसँग आवेदन माग गरेको छ।

परिषदले हालै एक सूचना जारी गरी उत्कृष्ट हुने ६ जनालाई जनही २ लाख रुपैयाँका दरले पुरस्कृत गरिने सम्बन्धित सबैमा जानकारी गराएको हो।

‘यस परिषद्को आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम “सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायी पुरस्कार”का लागि १५ वटा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायहरू छनौट गरी केन्द्रस्तरमा प्रदर्शनी आयोजना गरिने भएकोले सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय दर्ता गरी व्यवसाय सञ्चालन गरिरहेका १६ वर्ष पुरा गरी ४० वर्ष ननाघेका ( आवेदन दिने अन्तिम दिन सम्म ) युवा व्यवसायीहरूले २०८३।०१।११ गते रातको १२:०० बजेसम्म यस कार्यालयको वेबसाइट मा भएको अनलाइन फाराम पोर्टल सिस्टम मा आवेदन गर्नुहुन सूचित गरिन्छ। उक्त प्रदर्शनीमा उत्कृष्ट हुने ६ जना व्यवसायीहरूलाई रु.२,००,०००।- का दरले पुरस्कृत गरिनेछ’, सूचनामा भनिएको छ।

सूचनामा ‘सूचना प्रविधि तथा स्टार्टअप व्यवसायीहरूलाई आवेदन’का लागि सहजीकरण गरिदिन निम्न संस्थाहरुलाई अनुरोध पनि गरिएको छ। ईच्छुक व्यक्ति वा संस्थाले तल उल्लेख गरिएका कार्यालयहरुमध्ये पायक पर्ने स्थानमा सम्पर्क गर्न सक्नेछन्:

प्रकाशित: २९ चैत्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार