काठमाडौं ।
दक्षिण कोरियाली टेक जायन्ट सामसङ इलेक्ट्रोनिक्सले भियतनाममा चिप-परीक्षण र प्याकेजिङ सुविधाहरूमा लगानी गर्ने विचार गरिरहेको छ।
भियतनामको अर्थ मन्त्रालयले बिहीबार सामसङसँग अर्धचालक परियोजनामा काम गरिरहेको बताएको रोयटर्सले रिपोर्ट गरेको छ।
“भियतनाममा समूहको अर्धचालक निर्माण परियोजनाको सम्बन्धमा भियतनाम सरकार र सामसङ समूह बीचको समझदारी पत्रलाई अन्तिम रूप दिन र प्रधानमन्त्रीलाई पेश गर्न मन्त्रालयले अन्य मन्त्रालय र एजेन्सीहरूसँग समन्वय गरिरहेको छ,” मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।
कम्पनीले थाई न्गुयेन प्रान्तमा नयाँ कारखाना निर्माण गर्न ४ अर्ब डलर खर्च गर्नेछ। यो परियोजना चरणबद्ध रूपमा सञ्चालन गरिनेछ,भने पहिलो चरणमा २ अर्ब डलरको लगानी आवश्यक पर्ने अर्को एक रिपोर्टमा भनिएको छ।
प्रकाशित: २९ चैत्र २०८२, आईतवार