
काठमाडौं ।
डेस्कटपमा गुगल क्रोमले लामो समयदेखि प्रतिक्षा गरिएका दुई सुविधाहरू प्राप्त गर्दैछ। उक्त सुविधाहरूमा भर्टिकल ट्याब्सका साथै नयाँ इमर्सिभ रिडिङ मोड समावेश छन्। केही समयदेखि अन्य ब्राउजरहरूमा उपलब्ध भए तापनि क्रोम भने सधैँ जस्तै यी दुवै सुविधाहरू प्रस्तुत गर्न पछि परेको छ।
ब्राउजरको शीर्षमा सबै ट्याबहरू पङ्क्तिमा देखा पर्नुको सट्टा तिनीहरू छेउमा भर्टिकल स्ट्याक (ठाडो रुपमा) मा देखा पर्ने छन्। भर्टिकल ट्याब्सले प्रयोगकर्तालाई होरिजोन्टल रो (तेर्सो पङ्क्ति) मा फिट हुन सक्ने भन्दा एकैचोटि धेरै ट्याबहरू हेर्न अनुमति दिन्छ र कोलम (स्तम्भ) लाई कम ठाउँ ओगट्नको लागि संक्षिप्त गर्न सकिने छ। यो सुविधाले ब्राउजरमा भर्टिकल रुम (कोठा) खाली गर्दछ र धेरैजसो कम्प्युटरहरूको वाइडस्क्रिन मनिटरहरूमा होरिजोन्टल स्पेस (तेर्सो ठाउँ) भन्दा धेरै कम भर्टिकल रुम (कोठा) हुने भएकोले यो सुविधा निकै उपयोगी हुनेछ।
त्यसैगरी थप गरिएको अर्को सुविधा भनेको रिडिङ (पढ्ने) मोड भनिने अवस्थित सुविधाको अपडेट हो। क्रोममा रिडिङ मोडले फरक तरिकाले अनौठो रूपमा काम गरेको बताइएको छ। अन्य ब्राउजरहरूमा काम गर्दा हालको पृष्ठको शीर्षमा खोल्नुको सट्टा यो साइड (छेउ) मा स्प्लिट भ्यूमा खुल्नेछ। नयाँ रिडिङ मोडले प्रयोगकर्ताले अपेक्षा गरेअनुसार काम गर्दछ र सम्पूर्ण स्क्रिन ओगटेर सम्पूर्ण मूल पृष्ठ अनि त्यसका सबै ध्यान भंग गर्ने तत्वहरूलाई ढाक्छ।
हालको समयमा १४७.०.७७२७.५६ बिल्डमा दुवै सुविधाहरू उपलब्ध नभएको तर आगामी केही दिनहरूमा रोल आउट हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २७ चैत्र २०८२, शुक्रबार