डोयच टेलिकमले सुरु गर्यो व्यवसायका लागि स्टारलिङ्कद्वारा सञ्चालित स्याटेलाइट सेवा

  • Technology Khabar | २७ चैत्र २०८२, शुक्रबार
डोयच टेलिकमले सुरु गर्यो व्यवसायका लागि स्टारलिङ्कद्वारा सञ्चालित स्याटेलाइट सेवा

काठमाडौं ।

डोयच टेलिकमले व्यवसायका लागि स्टारलिङ्कद्वारा सञ्चालित स्याटेलाइट सेवा सुरु गरेको छ।

डोयच टेलिकमले स्याटेलाइट इन्टरनेट एक्सेस बाइ स्टारलिङ्क (एसआईए) सेवा सार्वजनिक गरेको हो, जसको उद्देश्य ठूला कम्पनीहरू र सार्वजनिक क्षेत्रका संस्थाहरूका लागि ब्रडब्यान्ड कनेक्टिभिटी सुदृढ बनाउनु हो।

टेलिकम्स डटकमका अनुसार एसआईए सेवा फाइबर र मोबाइल नेटवर्क पूर्ण रूपमा उपलब्ध नभएका स्थानहरूमा वा थप ब्याकअप आवश्यक पर्ने अवस्थाका लागि लक्षित गरिएको छ। कम्पनीका अनुसार जर्मनीमा पूर्ण रूपमा व्यवस्थापन गरिएको स्याटेलाइट-आधारित व्यवसायिक ब्रडब्यान्ड सेवा दिने यो हालको एक मात्र नेटवर्क अपरेटर हो।

यस सेवामा प्यानल स्याटेलाइट एन्टेना प्रयोग गरिन्छ र डाउनलोड गति ४०० एमबीपीएससम्म तथा अपलोड गति ४० एमबीपीएससम्म उपलब्ध हुने बताइएको छ। यसले भीपीएन कनेक्सन वा सम्पूर्ण साइट नेटवर्किङ जस्ता प्रयोग सम्भव बनाउँछ।

स्थानीय पूर्वाधारमा निर्भर नरही स्थिर स्याटेलाइट कनेक्सन उपलब्ध गराउने दावी गरिएको छ, जसका कारण स्थल-आधारित नेटवर्कमा समस्या आए पनि सेवा निरन्तर रहने बताइएको छ। यस्तो सुविधा समय-संवेदनशील र व्यवसायका लागि अत्यावश्यक सञ्चालनका लागि उपयोगी हुने जनाइएको छ।

यो सेवा “पूर्ण टर्नकी प्याकेज” का रूपमा उपलब्ध गराइनेछ, जसमा स्थापना, नेटवर्क एकीकरण र सेवा व्यवस्थापन डोयच टेलिकमले नै गर्नेछ। उच्च लोडमा पनि स्थिर प्रदर्शनका लागि प्राथमिकता दिइने र आवश्यक परेमा विशेषज्ञहरू साइटमै पठाइने बताइएको छ।

एसआईए सेवा प्वाइन्ट–अफ–सेल प्रणाली, लजिस्टिक्स टर्मिनल र औद्योगिक नियन्त्रण प्रणालीलाई जोडिराख्न प्रयोग गर्न सकिने बताइएको छ। पूर्वी जर्मनीमा एउटा ब्रुअरी चेनले नयाँ साइटमा फाइबर जडान नआउँदासम्म एसआईए प्रयोग गर्ने परीक्षण परियोजना पनि सञ्चालनमा रहेको छ।

टेलिकम डोयचल्याण्डका व्यवसायिक ग्राहकका प्रबन्ध निर्देशक क्लाउस वेर्नरले “हाम्रो प्रतिबद्धता विश्वसनीयता हो: स्टारलिङ्क सँग आकाश नै ब्याकअप लाइन बन्छ। ठूलो निर्माण स्थल, दुर्गम क्षेत्र वा संकटका अवस्थामा आवश्यक पर्ने ठाउँमा कनेक्टिभिटी सुनिश्चित हुन्छ,” भने।

अर्को सम्झौतामा, डोयच टेलिकमले गत महिना मोबाइल वर्ल्ड कङ्रेसमा २०२८ सम्म १० युरोपेली बजारमा स्टारलिङ्क आधारित डाइरेक्ट-टू-डिभाइस मोबाइल सेवा सुरु गर्ने घोषणा गरेको थियो। यो ढिलाइको कारण स्टारलिङ्क को नयाँ भी२ प्रविधिमा आधारित सेवा सुरु गर्ने योजना रहेको बताइएको छ, जसले सिधै स्मार्टफोनमा ब्रडब्यान्ड उपलब्ध गराउनेछ।

हालैको ओपनसिग्नलको प्रतिवेदनअनुसार स्टारलिङ्क अब केवल वैकल्पिक वा अन्तिम विकल्प मात्र नभई मुख्यधारको कनेक्टिभिटी प्रदायकका रूपमा उभिँदै गएको छ।

प्रतिवेदनअनुसार स्टारलिङ्कले २०२५ मा आफ्नो ग्राहक संख्या ४.५ मिलियनबाट ९ मिलियनमा दोब्बर बनाएको छ। नोभेम्बर र डिसेम्बरमा दैनिक करिब २० हजार नयाँ प्रयोगकर्ता थपिएका थिए र फेब्रुअरी २०२६ मा १० मिलियन प्रयोगकर्ता नाघेको छ।

अमेरिकामा स्टारलिङ्कले पहिले परम्परागत टेलिकम र स्याटेलाइट प्रयोगकर्तालाई लक्षित गरेको भए पनि अहिले केबल सेवा प्रदायकबाट समेत ग्राहक तान्न थालेको देखिएको छ। यसले स्टारलिङ्क अब केवल स्थान परिवर्तनका कारण प्रयोग हुने सेवा नभई प्राथमिक इन्टरनेट विकल्पका रूपमा रोजिन थालेको संकेत दिएको छ।

प्रकाशित: २७ चैत्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

  • Technology Khabar
  • २७ चैत्र २०८२, शुक्रबार