
काठमाडौं ।
अधिकांश मन्त्रालयका वेबसाइट डाउन भएका छन्। प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित अधिकांश मन्त्रालयका वेबसाइटहरु डाउन भएको देखिएको छ।
यसमा हेरिएका मध्ये गृह मन्त्रालय तथा संघिय मामिला मन्त्रालय बाहेकका मन्त्रालयका वेबसाइटहरु डाउन भएका छन्। त्यसैगरी यातायात व्यवस्थापन विभाग, सूचना तथा प्रशारण विभागको वेबसाइट समेत डाउन छ।
अझ रमाईलो कुरा सरकारका वेबसाइटहरु व्यवस्थापन गर्ने एकिकृत डाटा सेन्टरको वेबसाइटनै डाउन भएको छ भने सूचना प्रविधि विभागको वेबसाइट पनि डाउन छ।
के कारणले वेबसाइटहरु डाउन भयो भन्ने स्पष्ट भएको छैन्।
एकिकृत डाटा व्यवस्थापन केन्द्रका एक अधिकारीले सूचना प्रविधि विभागमा जानकारीको लागि सम्पर्क गर्न भने। तर विभागमा कार्यरत एक प्राविधिकले एकिकृत डाटा व्यवस्थापन सेन्टरमा नेटवर्कको समस्या देखिएको बताए।
“हामी यस बारेमा कुरा गर्दैछौं र हेर्दैछौं,” उनले भने।
प्रकाशित: २६ चैत्र २०८२, बिहीबार