मानव इतिहासमा सबैभन्दा टाढाको यात्रा सम्पन्न

  • Technology Khabar | २६ चैत्र २०८२, बिहीबार
मानव इतिहासमा सबैभन्दा टाढाको यात्रा सम्पन्न

काठमाडौं ।

अमेरिकी राष्ट्रिय अन्तरिक्ष संस्थाको हालको चन्द्रमाको उडानमा सहभागी चालक दलले मङ्गलबार १० दिने यात्रा समाप्त गर्दै फिर्तीको चरण सुरु गरेको छ।

यसैबीच, अन्तरिक्ष संस्थाले सोमबार आर्टेमिस २ बाट चन्द्रमाको नजिकको उडानमा खिचिएका पहिलो तस्वीरहरू सार्वजनिक गरेको छ र क्यालिफोर्नियाको सान डिएगो नजिक प्रशान्त महासागरमा अप्रिल १० मा अन्तरिक्ष यानको अवतरण हुने घोषणा गरेको छ।

अन्तरिक्ष यानको झ्यालबाट खिचिएको पहिलो तस्वीरमा, बादलहरू सहितको मद्धिम नीलो पृथ्वी चन्द्रमामा भएका खाडल सतहको पृष्ठभूमिमा देखिन्छ। संस्थाले तस्वीरमा देखिएको अँध्यारो पृथ्वीको भागमा रात भइरहेको जनाएको छ भने उज्यालो भागमा अस्ट्रेलिया र ओशिनिया क्षेत्रका बादलहरू घुमिरहेको देखिन्छ।

तस्वीरको अगाडिको भागमा खाडल देखिन्छ। दोस्रो तस्वीरमा, अन्तरिक्ष यानबाट हेर्दा चन्द्रमाले सूर्यलाई पूरै ढाकेको देखिन्छ।

सोमबार, मिशनले मानवहरूले पृथ्वीबाट सबैभन्दा टाढा यात्रा गरेको रेकर्ड तोड्यो। चालक दलले आफ्नो अन्तरिक्ष यानमा चार लाख १७१ किलोमिटरको पूर्व रेकर्ड तोडी, १९७० मा कायम गरिएको दूरी पार गरेको छ। रासस/सिन्ह्वा

प्रकाशित: २६ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार