तनहुँमा ९० प्रतिशत आवेदकले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाटै मतदाता नाम दर्ता गराए

  • Technology Khabar | २६ चैत्र २०८२, बिहीबार
तनहुँमा ९० प्रतिशत आवेदकले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाटै मतदाता नाम दर्ता गराए

काठमाडौं ।

निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेको छ। राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिइएको छ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले भने, “आवेदन दिनेमध्ये करिब ९० प्रतिशतले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाटै नाम दर्ता गराएका छन्।”

हालसम्म राष्ट्रिय परिचयपत्रबाट ४१९ जना र कार्यालयमा आई ५५ जना गरी ४६४ जनाले मतदाता नामावलीमा दर्ता गरेका छन्। यसैबीच दुवै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्।

तनहुँ क्षेत्र नम्बर १ का १६ र २ का ११ गरी कुल २७ जना उम्मेदवारले खर्च विवरण बुझाएका हुन्।-रासस

प्रकाशित: २६ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘लाइसेन्स’ छपाइ तीव्र गतिमा

  • Technology Khabar
  • २६ चैत्र २०८२, बिहीबार