स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फीनपोसमार्फत रणनीतिक साझेदारी

  • Technology Khabar | २६ चैत्र २०८२, बिहीबार
स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फीनपोसमार्फत रणनीतिक साझेदारी

काठमाडौं ।

स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) ले सिटीटेक ग्रुप प्रा.लि. सँग डिजिटल भुक्तानी क्षेत्रका लागि एक रणनीतिक साझेदारी गर्ने सम्झौता सम्पन्न गरेको छ।

साझेदारी पश्चात् सिटी टेकको हार्डवेयर (फीनपोस-FinPOS) मा एससीटीको प्लेटफर्म मार्फत भुक्तानी स्वीकार गर्ने सुविधा प्राप्त हुनेछ, जसमा विभिन्न कार्ड स्किमहरु (Visa, UnionPay, NepalPay, etc.) तथा डाइनामिक क्यूआरका लागि स्मार्टक्यूआर (SmartQr) मार्फत डिजिटल भुक्तानीलाई सपोर्ट हुनेछ।

यस साझेदारीमार्फत एससीटीको सशक्त भुक्तानी पूर्वाधारलाई सिटीटेकको नवीनतम प्रविधिसँग संयोजन गर्दै बैंक तथा व्यापारीहरूका लागि आधुनिक, सहज तथा विस्तारयोग्य पीओएस डिभाइस  उपलब्ध गराइने बताईएको छ।

यस सहकार्यले डिजिटल भुक्तानी स्वीकार प्रणालीलाई अझ सुदृढ, आधुनिक तथा प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख छ।

पीओएस अक्वाइरिङ्ग व्यवसाय गर्न चाहने बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु यो सेवाबाट लाभान्वित हुन सक्ने छन् । कार्ड स्किमहरुको छुट्टाछुट्टै सदस्यता, प्रविधिमा गर्नुपर्ने लगानी तथा सुरक्षा प्रमाणीकरण गर्नुनपर्ने हुनाले यी संस्थाहरुका लागि यो सुविधा वित्तीय हिसाबले निकै उत्कृष्ट रहने कम्पनीले जनाएको छ।

प्रकाशित: २६ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार