काठमाडौं ।
जापानमा विशेष लन्चको घोषणा गरेपछि गुगलले आधिकारिक रूपमा पिक्सेल १०एलाई नयाँ “इसाई ब्लू” फिनिशमा अनावरण गरेको छ। पिक्सेलको १० औं वार्षिकोत्सवको अवसरमा जापानी ब्रान्ड हेराल्बोनीसँगको सहकार्यमा जापानी बजारको लागि यो रङ विशेष रूपमा सिर्जना गरिएको हो।
इसाई ब्लूमा रहेको गुगल पिक्सेल १०एले पेन्टको फ्रस (ताजा) कोट मात्र प्रदान नगरी यो हेराल्बोनी आर्टिस्ट मिडोरी कुडोको आर्टवर्क प्रस्तुत गर्ने स्पेसल एडिसन (विशेष संस्करण) बक्समा आउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्याकेजमा कस्टम ब्लू बम्पर केस र हेराल्बोनी आर्टिस्ट (कलाकार) नोजोमी फुजिताद्वारा मौलिक आर्टवर्क (कलाकृति) प्रदर्शन गर्ने स्टिकरहरूको सेट पनि समावेश गरिएको छ।
बक्स सामग्रीहरू बाहेक गुगलले विशेष “शिगाकु मिजुकामी एडिसन”, “मिडोरी कुडो एडिसन” र “काओरु इगा एडिसन” म”म्याटेरियल यू थिमहरू थप गरेको छ भने अद्वितीय वालपेपरका साथै एप आइकनहरू सहित कुल नौओटा डिजाइनहरू प्रदान गर्दछ।
पिक्सेल १०ए इसाई ब्लू कलर विकल्प हाल जापानमा प्रि–अर्डरको लागि उपलब्ध छ र डिभाइसको एकमात्र २५६ जीबी भेरियन्टको मूल्य ९४,९०० जापानी येन (५९० अमेरिकी डलर) कायम गरिएको छ। यो डिभाइसको बिक्री मे २० देखि सुरु हुनेछ भने बाँकी शेडहरू अप्रिल १४ देखि खरिदको लागि उपलब्ध हुनेछन्।
गुगल पिक्सेल १०ए ६.३ इन्चको ओएलईडी डिस्प्ले, टेन्सर जी४ चिपसेट, ४८ मेगापिक्सेल मुख्य सेन्सर भएको डुअल–रियर क्यामरा सेटअप र ५,१०० एमएएच ब्याट्रीको साथ उपलब्ध हुनेछ।
प्रकाशित: २५ चैत्र २०८२, बुधबार