इलेक्ट्रिक एसयूभी तयार गर्दै बेन्टले

  • Technology Khabar | २४ चैत्र २०८२, मंगलवार
इलेक्ट्रिक एसयूभी तयार गर्दै बेन्टले
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

प्रसिद्ध लक्जरी कार ब्रान्ड बेन्टले नयाँ एसयूभी मोडेलको साथ पूर्ण रूपमा इलेक्ट्रिक कारहरूको संसारमा प्रवेश गर्दैछ। ब्रिटिश कम्पनीको नयाँ एसयूभी मोडेल हालको बेन्टेगा भन्दा सानो हुने र पहिले नै आफ्ना धनी ग्राहकहरूको ध्यान आकर्षित गरिरहेको छ।

बेन्टलेको उत्तर अमेरिकी बजारका प्रमुख माइक रोक्कोले मियामी र लस एन्जलस जस्ता शहरहरूमा गरिएको परीक्षणको क्रममा अन्तर्वार्ता लिइएका १० मध्ये ८ ग्राहकहरूले यो कार किन्ने बताएको र त्यसलाई निर्माताहरूले धेरै सकारात्मक रूपमा मूल्याङ्कन गरेको उल्लेख गरेका छन्।

बेन्टले पहिले नै हाइब्रिड मोडेलहरू प्रदान गर्दै आएको छ र भने कम्पनीले यो नयाँ एसयूभी मोडेलको साथ इलेक्ट्रिक अटोमोबाइल खण्डमा प्रवेश गर्न लागेको यो पहिलो पटक हुनेछ।

रोक्कोले यो एसयूभी रिलिज गर्दा यो गाडीलाई मुख्यतया इलेक्ट्रिक कारको रूपमा नभइ “नयाँ बेन्टले” को रूपमा प्रचार गरिने बताएका छन्। त्यसैले ध्यान गाडीको इन्जिनको प्रकारमा मात्र नभइ गाडीको समग्र विशेषताहरूमा केन्द्रित हुने उल्लेख गरिएको छ।

त्यसैगरी केही डिजाइन विवरणहरू पनि खुलासा गरिएको छ। गाडीमा बढी “स्क्वायर” (वर्ग) लुक र अर्बन डिजाइन हुनेछ। साथै नयाँ इलेक्ट्रिक एसयूभीमा राम्रो भित्री स्पेस (ठाउँ) प्रदान गर्नेछ भने यो हालको एसयूभी भन्दा बढी कम्प्याक्ट हुनेछ। नयाँ एसयूभी मोडेलको रिलिज मिति र आधिकारिक मूल्यको बारेमा अझै सम्म पनि घोषणा नगरिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २४ चैत्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...