नयाँ स्टियरिङ ह्वीलसहितको गाडी ल्याउँदै मर्सिडीज

  • Technology Khabar | २४ चैत्र २०८२, मंगलवार
नयाँ स्टियरिङ ह्वीलसहितको गाडी ल्याउँदै मर्सिडीज
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

मर्सिडीजले आफ्नो प्रतिष्ठित मोडेलको लागि नयाँ डिजाइन तयार गरिरहेको र त्यसमध्ये सबैभन्दा उल्लेखनीय भनेको एक नयाँ स्टियरिङ ह्वील भएको बताइएको छ। उक्त नयाँ स्टेयरिङ ह्वीलले फ्यूचरिजम र यो गाडीसँग आउने नयाँ प्रविधिहरूको संकेत गर्ने उल्लेख गरिएको छ।

विलासी इलेक्ट्रिक लिमोजिनको नयाँ पुस्ता मर्सिडीज–बेन्ज ईक्यूएसले महत्त्वपूर्ण प्राविधिक परिवर्तनहरू पार गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।

गाडीको सबैभन्दा उल्लेखनीय विशेषताको रुपमा रहेको नयाँ “स्टीयर–बाइ–वायर” स्टेयरिङ प्रणालीले स्टियरिङ ह्वील र पाङ्ग्राहरू बीचको मेकानिकल कनेक्सनलाई हटाउने छ।

त्यसको सट्टा प्रयोग गरिने एक इलेक्ट्रोनिक प्रणालीले परम्परागत मेकानिकल भागहरू प्रयोग नगरी स्टियरिङ आदेशहरू प्रसारण गर्नेछ। यो कदमले स्टेयरिङ ह्वीललाई प्रयोग गर्न सजिलो बनाउनुका साथै सडकबाट आउने कम्पनहरू कम गर्नेछ।

नयाँ स्टियरिङ ह्वीलको “योक” भनिने विशेष आकारमा अब परम्परागत स्टेयरिङ ह्वीलको तुलनामा फ्ल्याट संरचना र फरक ग्रिप (पकड) क्षेत्रहरू भएको उल्लेख गरिएको छ।

त्यसको लागि यो नयाँ आकारमा अनुकूलन गर्न विशेष एयर कुशन विकास गर्नु पर्ने आवश्यकताको उल्लेख गरिएको छ।

नयाँ डिजाइनले गाडीमा प्रवेश गर्न र बाहिर निस्कन सजिलो बनाउने र डिजिटल इन्सट्रुमेण्ट क्लस्टरलाई अवरोध नगरी चालकको अगाडिको दृश्यलाई सुधार गर्ने मर्सिडीजले दावी गरेको छ।

स्टियरिङ ह्वीलको अतिरिक्त, भित्री भागमा इन्फोटेनमेन्ट प्रणालीमा समावेश गरिएका परिवर्तनहरूमा अपडेट गरिएको ग्राफिक्स र डिस्प्ले कन्फिगरेसनमा समायोजनहरू उपलब्ध छन्।

मर्सिडिजले यी आविष्कारहरूले परम्परागसितालात विलाई आधुनिक प्रविधिसँग संयोजन गरेर थप ग्राहकहरूलाई आकर्षित गर्ने आशा गरेको छ।

प्रकाशित: २४ चैत्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...