अन्तरिक्ष यात्रीहरूले पहिलो पटक ‘डार्क साइड अफ द मून’ देखे

  • Technology Khabar | २४ चैत्र २०८२, मंगलवार
अन्तरिक्ष यात्रीहरूले पहिलो पटक ‘डार्क साइड अफ द मून’ देखे

काठमाडौं ।

आर्टेमिस टोलीले पहिलो पटक फार साइड अफ द मून (चन्द्रमाको टाढाको भाग) देखेको मिसन विशेषज्ञ क्रिस्टिना कोचले घोषणा गरेकी छिन्।
“यो एकदमै शानदार थियो,” कोचले बताएकी छिन्।

फार साइड अफ द मून (चन्द्रमाको टाढाको भाग) (“डार्क साइड” पनि भनिन्छ) सधैं पृथ्वीबाट उल्टो दिशामा फर्किएको हुन्छ। साथै १९६० र १९७० को दशकमा अपोलो टोलीहरूले पनि यो कुरा सम्पूर्ण रुपमा देख्न नपाएको मानिने गरिएको छ।

“यस्तो हामीले पहिले कहिल्यै पनि देखेका थिएनौं” अन्तरिक्ष यात्रीले थप उल्लेख गरिन्।

नासाले चालक दलले खिचेको चन्द्रमाको तस्बिर स्थानीय समय अनुसार आइतबार बिहान १०ः १२ बजे एक्समा पोस्ट गरेको छ। पोस्ट गरिएको उक्त तस्बिरमा क्षुद्रग्रहको प्रभावले बनेको क्रेटर देख्न सकिने उल्लेख गरिएको छ।
यो “मानव आँखाले पहिलो पटक क्रेटर देखेको” थप उल्लेख गरिएको छ।

चालक दलले आफ्नो ऐतिहासिक उडानको क्रममा पहिले नदेखिएका क्षेत्रहरू पनि देख्नेछन् भनि टेलीग्राफले रिपोर्ट गरेको छ।

 

प्रकाशित: २४ चैत्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...