काठमाडौं ।
चालु आर्थिक वर्षको आठौं महिना फागुनमा नेपालमा डिजिटल वालेटमार्फत हुने कारोबार रकम घटेको छ भने सङ्ख्या उल्लेख्य बढेको छ। यसअघि माघ महिनामा भने कारोबार रकम र सङ्ख्या दुवै उल्लेख्य घटेको थियो।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ फागुन मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत हुने भुक्तानी कारोबार रकममा बढोत्तरी तथा सङ्ख्यामा उल्लेख्य गिरावट देखिएको हो।
मंसिरबाट पुसमा जाँदा डिजिटल वालेट मार्फत हुने कारोबार ३ अर्ब २५ करोड ४० लाखले बढेर समग्रमा ४९ अर्ब ५७ करोड ६० लाखमा पुगेको थियो। पुसबाट माघ मसान्तसम्म आइपुग्दाको एक महिनामा भने कारोबार रकम ८४ करोड ८० लाखले बढेर समग्रमा ४८ अर्ब ७२ करोड ८० लाख पुगेको थियो।
माघबाट फागुन मसान्तसम्म आइपुग्दा भने २९ करोड ३० लाख रुपैयाँ घटेर समग्रमा ४८ अर्ब ४३ करोड ५० लाखमा झरेको छ।
यसैगरी कारोबार सङ्ख्या मंसिरबाट पुस मसान्तसम्म आइपुग्दा २८ लाख ८० हजार ६६१ ले बढेर समग्रमा ४ करोड ३४ लाख ७९ हजार ९२६ मा पुगेको थियो।
पुस मसान्तबाट माघ मसान्तसम्म आइपुग्दा ३ लाख ६१ हजार १३८ ले बढेर यो आँकडा ४ करोड ३१ लाख १८ हजार ७८८ पुगेको थियो।
यो आँकडा माघबाट फागुन मसान्तसम्म आइपुग्दा भने १८ लाख १ हजार ५५४ करोड ३० लाखले बढेर समग्रमा ४ करोड ४९ लाख २० हजार ३४२ पुगेको विवरणमा उल्लेख छ।
प्रकाशित: २४ चैत्र २०८२, मंगलवार