
काठमाडौं ।
नर्डभीपीएनले निःशुल्क टुलको रुपमा प्रस्तुत गरेको नयाँ “माई लोकेशन” ले प्रयोगकर्ताहरूलाई उनीहरूले भ्रमण गर्ने वेबसाइटहरूमा कुन वास्तविक भौतिक स्थान र भर्चुअल (आईपी) स्थान हेरिरहेका छन् भनेर तुरुन्तै जाँच गर्न सघाउनेछ।
यो टुलले वेब ब्राउजरमा सिधै काम गर्ने र लोकेशन डाटाले प्रयोगकर्ताको अनलाइन गोपनीयतालाई कसरी असर गर्न सक्छ भनेर देखाउने टेलिग्राफले रिपोर्ट गरेको छ।
वास्तविक स्थान जीपीएस वा ब्राउजरको जियोलोकेशन एपीआई मार्फत निर्धारण गरिन्छ भने भर्चुअल लोकेशन वेबसाइटहरूले देख्ने आईपी ठेगानामा आधारित हुनेछ।
यस्तो प्रकारको डाटाको खुलासाले लक्षित विज्ञापन, क्षेत्र अनुसार मूल्य भिन्नता र अनलाइन मुभमेण्टहरू ट्र्याक गर्ने सम्भावना सहित व्यक्तिगत जानकारीको जोखिम निम्त्याउन सक्ने उल्लेख गरिएको छ।
प्रयोगकर्ताहरूले सान्दर्भिक नर्डभीपीएन पृष्ठमा गएर “टेस्ट” विकल्प चयन गरी यो टुल (उपकरण) प्रयोग गर्न सक्छन् र त्यसबाट पहुँच प्राप्त गरिने सेसनले टुल (उपकरण) लाई प्रयोगकर्ता जानकारी भण्डारण वा लग नगरी भर्चुअल डाटासँगै वास्तविक स्थान डाटा प्रदर्शन गर्न अनुमति दिनेछ।
प्रयोगकर्ताहरूले नियमित रूपमा एप अनुमतिहरू जाँच गर्नुपर्ने, फोटोहरूमा जियोट्यागिङ असक्षम गर्नुपर्ने र आफ्नो अनलाइन गोपनीयता सुरक्षित गर्न अन्य टुल प्रयोग गर्नुपर्छ भन्ने कुरामा पनि नर्डभीपीएनले जोड दिएको छ।
प्रकाशित: २४ चैत्र २०८२, मंगलवार