विदेशबाट आउने आम्दानी प्राप्त गर्न आईटी कम्पनीहरूको नाममा ५ हजार डलरसम्मको प्रिपेड कार्ड लिन सकिने

  • Technology Khabar | २३ चैत्र २०८२, सोमबार
विदेशबाट आउने आम्दानी प्राप्त गर्न आईटी कम्पनीहरूको नाममा ५ हजार डलरसम्मको प्रिपेड कार्ड लिन सकिने
एआईमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

अब सूचना प्रविधि कम्पनीहरूको नाममा ५ हजार अमेरिकी डलरसम्मको प्रिपेड कार्ड लिन सकिने भएको छ। नेपाल राष्ट्र बैङ्कले हालै विदेशी विनिमय विभागबाट जारी एकीकृत परिपत्र-२०८१ मा संशोधन गर्दै यस किसिमको नयाँ व्यवस्था गरेको हो।

‘यस बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संलग्न तालिकाबमोजिम संशोधन / परिमार्जन / थप गरिएको हुँदा सोहीबमोजिम गर्नु गराउनु हुन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको छ’, निर्देशनमा उल्लेख छ।

सूचना प्रविधि, सञ्चार प्रविधि तथा सूचना प्रसारणमा आधारित उद्योगले अनलाइन मार्फत सफ्टवेयर लगायतका सूचना प्रविधिसँग सम्बन्धित सेवा खरिद गर्ने प्रयोजनका लागि यस्तो कार्ड लिन सक्ने नयाँ व्यवस्थामा उल्लेख छ।

यसै प्रयोजनका लागि कम्पनीहरूको नाममा बैङ्क तथा वित्तीय संस्थाले वार्षिक अधिकतम ३,००० अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था मिलाइएको हो।

‘यस्ता उद्योगले सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेमा मुद्रा सटहीको यस्तो वार्षिक सीमा विदेशी मुद्रा आर्जन गरेको रकम समेत थप गरी बढीमा अमेरिकी डलर ५,००० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म हुनेछ,’ परिमार्जित व्यवस्थामा उल्लेख गरिएको छ।

प्रकाशित: २३ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...