टोयोटाले २०२६ मा १० लाखभन्दा बढी कारहरू फिर्ता बोलाउने

  • Technology Khabar | २३ चैत्र २०८२, सोमबार
टोयोटाले २०२६ मा १० लाखभन्दा बढी कारहरू फिर्ता बोलाउने

काठमाडौं ।

टोयोटाले विभिन्न त्रुटिहरूका कारण प्रति वर्ष धेरै सवारी साधन फिर्ता बोलाउने कार्यलाई जारी राखेको छ।

२०२६ मा हालसम्म जापानी निर्माताले १,०२४,७९४ सवारी साधनहरूलाई असर गर्ने नौओटा रिकल्स जारी गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।

अटोमेकरले भर्खर ५५०,००० हाइल्याण्डर एसयूभीहरू फिर्ता बोलाएको र यो सबैभन्दा ठूलो रिकल भएको उल्लेख गरिएको छ।

टोयोटाले यो वर्ष अहिलेसम्म अन्य थप दुईओटा आफ्नो सवारी साधनहरुको लागि रिकल जारी गरेको र त्यसले १००,००० भन्दा बढी सवारी साधनहरूलाई असर गरेको बताइएको छ।

२०२४–२०२५ टुन्ड्रालाई रियरभ्यू क्यामरा ईमेजले डिस्प्ले प्रदान गर्ने नसक्ने समस्याले गर्दा फिर्ता बोलाइएको थियो भने ब्रान्डले अप्रत्याशित रूपमा पछाडिका ढोकाहरू खुल्न सक्ने समस्याका कारण लगभग १५०,००० प्रायस मोडेलहरू पनि फिर्ता बोलाएको थियो।

प्रकाशित: २३ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार