ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जी सार्वजनिक गर्दै सामसङ नेपाल: प्रि–अर्डर सुरु

  • Technology Khabar | २२ चैत्र २०८२, आईतवार
ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जी सार्वजनिक गर्दै सामसङ नेपाल: प्रि–अर्डर सुरु

काठमाडौं ।

सामसङ नेपालले आफ्नो नयाँ ए सिरिज अन्तर्गत ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जीको प्रि–अर्डर खुला गरेको छ। यी डिभाईसहरुमा अझ आकर्षक डिजाइन, स्मार्ट क्यामरा प्रणाली र उन्नत सफ्टवेयर टुलहरू समावेश गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले दावी गरे अनुसार पेशेवर, विद्यार्थी वा दैनिक प्रयोगकर्ताहरूका लागि नयाँ ग्यालेक्सी ए सिरिजलाई दैनिक कामहरू अझ सहज रूपमा गर्न डिजाइन गरिएको हो। ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जीको प्रि–अर्डर नेपालमा अप्रिल ५ देखि अप्रिल १८, २०२६ सम्म (स्टक उपलब्धतासम्म) खुला रहनेछ।

“नयाँ ग्यालेक्सी ए सिरिजले एआईलाई सबै प्रयोगकर्तासम्म पुर्याउने हाम्रो प्रतिबद्धता झल्काउँछ। सामसङको मुख्य क्षमतासँग ‘असम इन्टेलिजेन्स’ थपिएपछि ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जीले दैनिक प्रयोगका लागि विश्वसनीय प्रदर्शन दिनेछ।

साथै, २४ महिनासम्मको ईएमआई सुविधा ल्याएर हामीले अत्याधुनिक प्रविधिलाई अझ सहज रूपमा पहुँचयोग्य बनाएका छौं” एमएक्स बिजनेस, सामसङ नेपालका बरिष्ठ निर्देशक प्रणयरत्न स्थापितले बताए।

मुख्य विशेषताहरूः

वान यूआई ८.५ द्वारा सञ्चालित यी फोनहरूमा सामसङको उन्नत असम इन्टेलिजेन्स उपलब्ध छ।

  • भ्वाइस ट्रान्सक्रिप्शनले रेकर्डिङ, कल र भ्वाइस मेललाई टेक्स्टमा रूपान्तरण गर्छ।
  • एआई सेलेक्टले स्क्रिनमा देखिएका वस्तुहरू सजिलै चयन र प्रयोग गर्न सहयोग गर्छ।
  • अब्जेक्ट इरेजर, फिल्टर्स र इडिट सजेसन्स जस्ता टुलहरूले फोटो सम्पादनलाई छिटो र सहज बनाउँछन्।
  • ग्यालेक्सी ए५७ ५ज मा बेस्ट फेस र अटो ट्रिम जस्ता विशेषता पनि छन्।
  • गुगलको सर्कल टु सर्च अब मल्टि–अब्जेक्ट रिकोग्निसन सहित उपलब्ध छ।
  • अपग्रेड गरिएको बिक्सबी र जेमिनीले अझ प्राकृतिक संवाद सम्भव बनाउँछ।

हरेक क्षणका लागि उन्नत क्यामराः

  • दुवै फोनमा ५० मेगापिक्सेल मुख्य क्यामरासहित ट्रिपल क्यामरा सेटअप छ।
  • नाइटोग्राफी र सुधारिएको आईएसपीका कारण कम प्रकाशमा पनि स्पष्ट फोटो र भिडियो लिन सकिन्छ।
  • ग्यालेक्सी ए५७ ५जीमा अझ राम्रो इमेज प्रोसेसिङ, छिटो शटर स्पीड र उच्च डिटेल पाइन्छ।

आकर्षक डिजाइन र भरपर्दो प्रदर्शनः

  • स्लिम बेजेल र आधुनिक डिजाइनसहित यी फोनहरू उपलब्ध छन्।
  • ग्यालेक्सी ए५७ ५जी ६.९एमएम पातलो र हल्का छ।
  • ५०००एमएएच ब्याट्रीले दुई दिनसम्म प्रयोग गर्न सकिन्छ।
  • सुपर एएमओएलईडी डिस्प्ले र भिजन बूस्टरले उत्कृष्ट भिजुअल अनुभव दिन्छ।

टिकाउपन र सुरक्षाः

  • आईपी६८ वाटर र डस्ट रेजिस्टेन्स सहित, यी फोनहरू दैनिक प्रयोगका लागि टिकाउ छन्।
  • ६ वर्षसम्मको सुरक्षा अपडेट र ओएस अपग्रेड उपलब्ध छन्।
  • नक्स भल्ट, सेक्युरिटी ड्यासबोर्ड, प्राइभेट सेयरिङ, थेफ्ट प्रोटेक्शन लगायतका सुविधा समावेश छन्।

कम्पनीका अनुसार प्रि–अर्डर अप्रिल ५ देखि आधिकारिक वेबसाइटमार्फत सुरु हुनेछ। सीमित समयका लागि विशेष अफरहरू पनि उपलब्ध छन्।

उपलब्धता र मूल्यः

ग्यालेक्सी ए५७ ५जीः

  • १२जीबी/२५६जीबी – ८९,९९९ नेपाली रुपैयाँ
  • ८जीबी/२५६जीबी – ८४,९९९ नेपाली रुपैयाँ

ग्यालेक्सी ए३७ ५जीः

  • १२जीबी/२५६जीबी – ७९,९९९ नेपाली रुपैयाँ
  • ८जीबी/२५६जीबी – ७२,९९९ नेपाली रुपैयाँ
  • ८जीबी/१२८जीबी – ६४,९९९ नेपाली रुपैयाँ

प्रि–अर्डर अफरहरूः

ए५७ ५जी (१२जीबी) – ४००० रुपैयाँ बराबरको मेमोरी अपग्रेड
ए३७ ५जी – २५०० रुपैयाँ बराबरको मेमोरी अपग्रेड
ईएमआईः २४ महिनासम्म, १७६४ रुपैयाँ/महिनादेखि सुरु

सामसङले नेपालमा २४ महिनासम्मको ईएमआई सुविधा थप गरेको हुनाले ग्राहकलाई सजिलै किस्ताबन्दीमा खरिद गर्न मद्दत गर्नेछ। ईएमआई सुविधाको लागि केवल नागरिकता भए पुग्ने छ।

प्रकाशित: २२ चैत्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार