
काठमाडौं ।
एप्पलले जनवरीमा दोस्रो पुस्ताको एयरट्याग लन्च गरेको थियो। उक्त ट्र्याकरले अब फर्मवेयर अपडेट प्राप्त गर्ने भएको छ। यो अपडेटले ट्र्याकरको फर्मवेयरलाई संस्करण ३.०.४५ मा पुर्याउने छ।
यो सामान्य रुपमा नाम नभएका बग फिक्सेस (समाधानहरू) र सुधारहरू, अवांछित ट्र्याकिङ सुविधा (उर्फ एन्टी–स्टकिङ) मा अपडेटको साथ आएको उल्लेख गरिएको छ। अब प्रेसिजन फाइन्डिङको साथ अज्ञात एयरट्याग पत्ता लगाउन सक्षम हुनको लागि अवांछित ट्र्याकिङ साउण्ड पनि अपडेट गरिएको छ।
सामान्यतया, एयरट्यागले स्टक गर्दा प्रयोगकर्ताले आफ्नो आईफोनमा एउटा अज्ञात एयरट्याग तपाईंसँग यात्रा गरिरहेको छ भनेर एउटा सूचना प्राप्त गर्ने बताइएको छ। त्यसपछि प्रयोगकर्तासँग त्यसलाई सहजताका साथ पत्ता लगाउन र त्यसलाई आवाज निकाल्न प्रेसिजन फाइन्डिङ स्टार्ट (सुरु) गर्ने विकल्प हुनेछ। साथै उक्त आवाज अब अझ प्रमुख भएको र यो प्रक्रियामा मद्दत गर्ने बताइएको छ।
नयाँ फर्मवेयर स्वचालित रूपमा इन्स्टल गरिएको फाइण्ड माई एप र आफ्नो एयरट्यागको फर्मवेयर संस्करण जाँच गरेर पहिले नै यो उपलब्ध छ कि छैन भनेर हेर्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २२ चैत्र २०८२, आईतवार