प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

  • Technology Khabar | २० चैत्र २०८२, शुक्रबार
प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा दीपा दाहाल नियुक्त भएकी छन्।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा उनी शुक्रबार नियुक्त भएकी हुन्।

खोजपत्रकार, लेखक एवं प्राध्यापक दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले आजैदेखि आफ्नो कार्यभार सम्हालेकि छन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, अनुसन्धान र मिडिया व्यवस्थापनमा भूमिका निर्वाह गर्नेछिन्। दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन गरी पत्रकारिताका सबै विधामा २० वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ।

उनले पछिल्लो समय उकालो डटकममा वरिष्ठ संवाददाताका रूपमा कार्य गर्दै आएकी थिईन। रासस

प्रकाशित: २० चैत्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार